Dabali News

वीरगञ्जमा तापक्रम ७ डिग्री सेल्सियस, शीतलहरले जनजीवन प्रभावित

४ पुस

काठमाडौं । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ ।

अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियसमा पुगेको हो ।

हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसान जस्तै छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ ।

एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालले जनाएका छन् । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]