Dabali News

Ad

पुष्पा खनालको ‘आमा’ सार्वजनिक

२८ माघ

काठमाडौं । गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सर्वजनिक भएको छ ।

आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको उनले बताईन् ।

गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र सङ्गीत भर्न निकै कठीनाई भएको सङ्गीतकार लक्ष्मण शेषले बताए ।

म्युजिक संसार नेपाल प्रा.लि. ले बजारमा ल्याएको गीतमा  मानिसको जीवनमा आमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यो गीतमार्फत् खनालले व्यक्त गरेकी छन् ।
यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् ।

आमा साथैमा भएपनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको गायिका विन्दु परियारले बताइन् ।

दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरु बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरु सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिक भइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ ले विगत सात महिनामा पिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]