Dabali News

कविताः फैसला (घाइते योद्धाको अनसन विशेष)

हिजो सँगै
फस्ट एसल्टका योद्धाहरु
मण्डलाको चउरमा
पेटलाई धनुष बनाएर
आकासलाई घर बनाएर
गणतन्त्रको एक हिस्सा माग्दै
अनसन बसेको समाचारले
अखबारका भित्ताहरु रङ्गिँदा
तिमीलाई थोरै अप्ठयारो
हुनुपर्ने होइन र !

जसले मुक्तिका खातिर
शरिरका अंगअंग गुमाए
लिङ्ग नै गुमाउनुको पीडा त तिमीलाई के था
अपाङ्गताको एउटा चिरकटो पाउन
सडक सडकमा भौतारिँदा
तिनैले हिजो तिमीलाई बचाउन
आफुले आफैँलाई पुर्न
कोदालो, साबेल र फरुवाहरु बोके
स्टेचर र घारो एउटै काधँमा बोके
आँसु र पसिना मात्रै होइन
बाँच्नको लागि पिसाब पिए
जसले आफ्नै साथीहरू खाल्डोमा पुरे
अनि युद्ध मोर्चाबाट फर्किए ।

रक्ताम्य शरिर लिएर
कहिल्यै नथाकेर
सहिदहरु अमर रहुन्
हाम्रो पार्टी जिन्दावाद
भन्ने नारा लगाए ।

तर आज,
तिनैले अर्को युद्ध लडिरहेका छन्
न्यायको लागि !
खै ! यिनीहरुलाई विहान कहिल्यै आएन
तिमी भने झुल्के घामको राप ताप्दै
“बुलेट प्रुफ “गाडीमा
तिनै योद्धाहरुको अगाडि
घरिघरि चिल्लो रोडमा धुलो उडाउँदै हिड्छौं
देख्दैनौ उनीहरु !

तिमी लुकेको कालू दाइको-वुइगल
भत्किएर खण्डहरु भयो
सेती भाउजुले खाना बनाएको-ताउलो
कच्याककुचुक भएर कुच्चियो
तिमी हिँडेको मूलबाटो
काँडैकाँडाले भरियो
सहिदका चिहानहरुमा
बनेकाछन् कच्चि सडकहरु!
बेलाबेलामा तिमी सवार हुन्छौ
तेहि सडकमाथिबाट
तर बिर्सन्छौ
सहिदका समाधीहरु यहीँ हो भनेर!

अहिले,
अमन चयन गरिरहेका छौं
इमानदार कार्यकर्ताको काँधमा चढेर
घाइते योद्धा र बेपत्ताको ब्याज खाएर ।

घडीको सुई सुल्टो घुम्ने छ
कुनै दिन सत्य उल्टिने छ
तेतिबेला,
तिम्रो नाममा मृत्यु दण्डको
फैसला हुनेछ !

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]