Dabali News

Ad

अखिल क्रान्तिकारीको अध्यक्षमा रुपा बुढामगर निर्वाचित

२७ माघ

कपिलबस्तु । अनेरास्ववियु (क्रान्तिकारी)को १९ औं जिल्ला सम्‍मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औं कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो।

सम्मेलनको उद्‍घाटन गर्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले शिक्षामा देखिएको नवउदारवादका विरुद्ध शसक्त संघर्ष गर्ने बताउँदै शैक्षिक दलालीकरण, माफियाकरण र भ्रष्टिकरण विरुद्ध देशभर संगठनले भण्डाफोर अभियान संचालन गरेको बताए । उनले सर्वसाधारण जनतालाई वैज्ञानिक, जीवनपयोगी, प्राविधिक, सस्तो, सुलभ र सरल रुपमा शिक्षा प्राप्त गर्न नयाँ समाजवादी शिक्षा आवश्यक भएको बताए ।

अभियानको क्रममा भ्रष्टाचारी र शैक्षिक माफियालाई रुपान्तरण हुन सांकेत रुपमा केही संघर्षका कार्यक्रमका साथै भारतद्वारा सीमा मिचिएको क्षेत्रमा पुग्‍ने बताए ।

सम्‍मेलनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज चन्द्रवहादुर चन्दले वर्गीय समाजमा शिक्षा पनि वर्गीय हुने भन्दै शिक्षा अभिजात वर्गको नियन्त्रण हुँदासम्म शिक्षा व्यवहारिक र सर्वसुलभ नहुने बताए । चन्दले बुर्जुवा शिक्षाका विरुद्ध देशभक्त, प्रगतिशील र क्रान्तिकारीहरु विद्यार्थीहरु एक हुनुपर्ने भन्दै शैक्षिक समस्याको समाधान एकीकृत जनक्रान्तिको माध्यमद्धारा हुने बताए ।

त्यस्तै नेकपा कपिलवस्तुका इन्चार्ज संगम, सेक्रेटरी सुनिल, लुम्बिनी क्षेत्रीय समन्वय समितिका इन्चार्ज प्रेमचन्द्र भुषाललगायतले सम्मेलनको शुभकामना दिएका थिए ।

त्यसैगरी सम्मेलनमा उपाध्यक्ष राजित प्रताप सेन, सचिवमा निराजन थारु र कोषाध्यक्षमा लोकेन्द्र चन्द ठकुरीलाई निर्वाचित गरेको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा कपिलवस्तु गोरुसिंगेस्थित गौतम बुद्ध क्याम्पसदेखि इलाका प्रहरी चोकसम्म सयौं विद्यार्थीहरुले र्‍याली निकालेका थिए । सम्मेलनमा रक्तरन्जित सांस्कृतिक परिवारले क्रान्तिकारी गीत तथा नाँचहरुको प्रस्तुति समेत गरेको थियो ।

संगठनको राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा हुँदैछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]