Dabali News

आलियाको प्रेमले रणवीर तनावमा, फ्यानलाई अफवाह नफैलाउन आग्रह

२७ माघ

काठमाडौँ । आलियालाई रणवीर कपूरसँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।

बलिउड अभिनेत्री आलिया भाट करण जोहरको फिल्म ब्रहास्त्रको सुटिङका लागि इजरायल पुगेकी छिन् ।

भर्खरै मात्र सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएपछि आलिया रणवीर कपूरको प्रेममा परेको खबरले बजार तताएको पनि सत्य अर्कै रहेको खुलेको छ ।

आलिया र रणवीरको प्रेमको चर्चा चलिरहदा, आलिया रणवीरसँग नभइ केविन मित्तलसँग डेट गरिरहेकी छिन् ।

केविन मित्तल अर्बपति व्यापारी सुनील मित्तलका छोरा हाइक म्यासेन्जरका मालिक हुन् । आलिया र केविनको भेट वर्ल्ड इकोनोमिक फोरमको भेला चलिरहँदा अक्टोबरमा भएको थियो ।

यो भेटसँगै उनीहरु दुईबीचको सम्बन्ध प्रगाढ भएको बताइएको छ ।

आलियालाई जब कुनै सहयोग चाँहिन्छ, तब सबैभन्दा पहिले केविन नै उपस्थित हुने यो दोस्ती कहिले प्रेममा परिणत भयो आलिया आफैलाई पनि थाहा नभएको, अहिले दुबैजना आफ्नो प्रेमलाई सार्वजनिक भने गर्न चाहदैनन् ।

अर्कोतर्फ रणवीर र आलियाको अफेयरले बलिउड तातेको छ रणवीर पनि बजारमा चलेको यस्तो अफवाहबाट तनावमा रहेको बताईन्छ ।

भारतीय सञ्चारमाध्यमहरुका आनुसार करण जोहरले आफ्नो फिल्मको प्रमोशनको लागि आलिया र रणवीरको अफेयरको हल्ला चलाएका हुन् ।

रणवीरले करण र आलियालाई फ्यानलाई अफवाह नफैलाउन आग्रह पनि गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]