Dabali News

नागा जोगीहरुबीच भिडन्‍त हुँदा एकको मृत्यु, फरार जोगी अत्तरियाबाट पक्राउ

२७ माघ

महेन्द्रनगर । कञ्चनपुको एक मन्दीरमा जोगिहरु बिच भिडन्त हुंदा एक जोगिको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

यो मन्दिरमा आधा दर्जन जोगीहरु बस्छन् । शुक्रबार साँझ अागो तापिरहेको अवस्थामा दुई जोगीबीच भएको सामान्य विवादले उग्र रुप लिएको थियो ।

घटनापछि फरार भएका चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार एकाबिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिए । अन्दाजी लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो । उनलाई पक्राउ गरिसकेकाले अब घटनाका विषयमा थप विवरण उनको बयानबाटै लिइने प्रहरीले जनाएको छ । शुक्रवार राती भएकाले घट्नास्थल मुचुल्का उठाउन नसकिएकोले शनिवार विहान ८ वजे आवश्यक अनसन्धान गरी सन्यासीको शवलाई शनिवार दिउँसा पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय झलारीले जानएको छ ।

  • अर्जुनसिंह ठकुरीबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]