Dabali News

Ad

विमानस्थलमा भिओररडिएमई उपकरण जडानका लागि अध्ययन सुरु

२७ माघ

कैलाली । धनगढी विमानस्थलमा भिओररडिएमई उपकरण जडानका लागि अध्ययन सुरु भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनी नेपाल ईको चार्लीले अध्ययन सुरु गरेका हुन् ।

उपनिर्देशक सञ्जिव सिंह कठायतसहित निर्माण कम्पनी एनईसीको प्राविधिक टोलीले अध्ययन सुरु गरेका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओररडिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेको थियो ।

सम्झौता बमोजिम अध्ययनपछि मेसिन जडान गर्ने उद्देश्यका साथ उक्त टोली आएको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले बताए ।

टोलीले विमानस्थल टावर र मेसिन कहाँ, कसरी र कुन ठाउँमा जडान गर्ने भन्नेबारे अध्ययन गर्ने छ ।

जहाजको दिशा निर्देश गर्ने उपकरण भिओर, पाइलटलाई विमानस्थल र जहाजको दुरीको निर्देश गर्ने डिएमई र रात्रीकालीन उडानका लागि एप्रोच लाईट जडान कार्य सुरु हुने छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]