Dabali News

रजनीकान्तको फिल्म २.० को कमाई १८ दिनमा ७ सय करोड

१ पुस

काठमाडौं । सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोडको व्यापार गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो ५४३ करोड-लागत) फिल्मले प्रदर्शनको २ हप्तामै ७ सय करोड रुपैयाँको आँकडा पार गरेको हो ।

फिल्म आज १८ औं दिनमा पनि प्रदर्शन भइरहेको छ । २९ नोभेम्बरमा रिलिज भएको फिल्मलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी गरीएको छ ।

चीनमा २०१९ को मे महिनामा यो फिल्म ५६ हजार स्क्रिन्समा प्रदर्शनमा आउने छ । फिल्मले चेन्नईमा बाहुबली ३ को व्यापारको रेकर्ड तोडेको छ । एक दर्जनभन्दा बढी भाषामा प्रदर्शन भएको फिल्मले हिन्दी भर्सनमा मात्रै सय करोडभन्दा बढीको व्यापार गरेको छ ।

फिल्ममा मोबाइल रेडियशनको खतराबारे सन्देश दिन खोजिएको छ । रजनीकान्त यो फिल्ममा फरक फरक अवतारमा देखिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]