Dabali News

चमेलिया जलविद्युत आयोजनाको उद्घाटन शनिबार

२६ माघ

काठमाडौँ । ३० मेगावाट क्षमता रहेको चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्ने छ ।

पुस २८ गतेदेखि १५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको,दोस्रो युनिटको १५ मेगावाट विद्युतसमेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको हो ।

सन् २००७ देखि निर्माण थालेको आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत उत्पादन गर्न थालेको हो ।

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको हो ।

८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न गर्न करिब १५ अर्ब खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको हो ।

राष्ट्रिय गौरवको रुपमा रहेको चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल बलाच पुग्ने बताइएको छ ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेपछि आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]