Dabali News

ललितपुरका दश उद्योगीलाई उपस्थित हुन पत्राचार

२६ माघ

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ ।

कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो ।

नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएकोमा एक महिनासम्म पनि नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिए ।

पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]