Dabali News

नेपालमा म्याग्नेसियम सल्फेट जस्तो न्यून मुल्यको औषधीसमेत समयमा पुग्दैन भने मातृमृत्युदर कहिले घट्ला ?

२६ माघ

काठमाडौँ । गर्भवती, सुत्केरी, सुत्केरीपछिको ४२ दिनसम्मको समयमा काँप्ने, मुर्छा पर्ने समस्या हुँदा आवश्यक पर्ने औषधिको आभव भएको छ ।

आमा सुरक्षा कार्यक्रमकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेका अनुसार यी समस्याबाट हुने मुत्यु रोक्न लगाइने भ्याक्सिन ‘म्याग्नेसियम सल्फेट’ र सुत्केरीपछि अत्यधिक रक्तश्राव रोक्न आवश्यक पर्ने ‘अक्सिटोसिन’ औषधि स्थानीय पालिकाले खरिद नगर्दा समस्या भएको बताएकी छिन् ।

उनले भनिन्, स्वास्थ्यको बजेट नगरपालिका र गाउँपालिकामा नै गएकाले स्वास्थ्य संस्थालाई समयमा भुक्तानी नदिँदा औषधि खरिद हुन नसकी समस्या भएको र पहिलेको मौज्दात औषधि पनि सकिएकोले मातृ मृत्यु बढाउने खतरा हुन सक्छ ।

यो औषधि हरेक स्वास्थ्य संस्थामा हुनैपर्ने हुन्छ सुत्केरी हुन नसकेपछि अस्पतालमा रिफर गर्नु पर्नेमा पनि पहिलो डोज ‘म्याग्नेसियम सल्फेट’ दिएर मात्रै पठाउनु पर्ने हुन्छ ।

यो औषधिको मूल्य एकदम कम पर्ने र छिट्टै म्याद नाघ्ने भएपनि अभाव भएमा मातृमुत्यु हुने गर्भवतीलाई काम्ने समस्या भयो भने सास रोकिएर मृत्यु हुने भएकाले काम्न शुरु भयो भने पहिलो मात्रा १४ ग्राम ‘म्याग्नेसियम सल्फेट’ दिनै पर्ने बताएको छ ।

नेपालमा मातृ मृत्युदर रोक्न करोडाँै लगानी गरिए पनि अपेक्षित रुपमा मृत्युदर रोकिएको छैन ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०१६ ले पनि पछिल्लो सात वर्षको अवधिमा प्रति एकलाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु अझै हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

मातृ मृत्युदरले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र मृत्यु भएका महिलालाई जनाउँछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]