Dabali News

राजेन्द्र खड्‍की पक्राउ, फिल्ममा होइन मानव बेचविखनको अारोपमा 

२५ माघ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो राजेन्द्र खड्‍की । द्वन्द्व निर्देशक रुपमा परिचित खड्गीलाई हालसम्म कलाकारको रुपमा मात्रै चिनिएका थिए तर उनको भित्रीपाटो भने अर्को रहेछ । कलाकार खड्‍कीले मानव बेचविखन गर्दै अाएको सार्वजिनक भएसँगै उनको भित्री पाटोबारे उनका दर्शकहरुले थाहा पाए ।

कलाकार खड्‍कीले विभिन्‍न व्यक्तिहरुलाई कोरिया पठाइ दिने भन्दै मोटो रकम असुल गरेर मानव बेचविखन गरेको अारोपमा प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले खड्गीलाई विहीबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद समेत लिएर सीआईबीले थप अनुसन्धान गरिरहेको छ ।

खड्गीले एक कार्यक्रममा लिएका ११ व्यक्तिलाई दक्षिण कोरिया नै राखेर फर्केको प्रहरीको दाबी छ । त्यसवापत प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर उनीहरुलाई कोरिया छोडेको प्रहरीले बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]