Dabali News

स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु, गरिब विपन्न वर्गका नागरिक लाभान्वित हुने

२५ माघ

काठमाडौँ । स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास–१ का ७४ वर्षीय लोकनाथ भट्टराईलाई स्वास्थ्य बीमा परिचयपत्र दिँदै शुभारम्भ गरेका छन् ।

वास्थ्य क्षेत्रमा देखिएका गुणस्तर, पहुँच र व्ययभारको समस्यालाई स्वास्थ्य बीमा कार्यक्रमले सम्बोधन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादव, २ नं प्रदेशबाट राष्ट्रियसभा सदस्य शशिकला दाहाल, जिल्लाका प्रदेशसभा सदस्यहरु शारदा थापा, भरतप्रसाद साह र कौशलकुमार यादवले स्वास्थ्य बीमा कार्यक्रमले गरिब र विपन्न वर्गका नागरिक लाभान्वित हुने हुँदा कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अहिले बीमा दर्ता सञ्चालन भएका जिल्लाका बीमाकर्ताले २०७५ साल जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा पाउने जानकारी दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]