Dabali News

राष्ट्रिय झण्डा बोकेर अतिक्रमित भूमीमा ड्रेसमै पुगे विद्यार्थी

२५ माघ

काठमाडौँ । भारतले एकपछी अर्को सीमा मिच्दै आएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको अगुवाईमा विद्यार्थीहरु भारतले सीमा मिचेको क्षेत्रमा पुगेर विरोध पर्दशन गरे । कलेज तथा स्कूल ड्रेसमै विद्यार्थीहरुले भारतीय हस्तक्षेपविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका हुन ।

विद्यार्थीहरुले सुगौली सन्धीलगायत सबै असमान सन्धीहरुको खारेजको माग गरेका थिए । विहीबार झापा, सुनसरी, कैलालीलगायतका सीमा मिचिएका क्षेत्रमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

अखिल (क्रान्तिकारी) मेची ब्यूरोले ‘भारतीय हस्तक्षेप बन्द गर, दलाल संसदीय व्यवस्था चाहिँदैन, देश बेच्न पाइदैन, एकीकृत जनक्रान्ती जिन्दावादजस्ता नारा लगाउँदै प्रदर्शन उत्रेका थिए ।

त्यस्तै सुनसरीको धरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीको प्रदर्शन भानुचौकमा पुगेर कोणसभामा सभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै नेकपा सुनसरीका इन्चार्ज प्रज्वल श्रेष्ठले काँग्रेस, एमाले र माओवादी केन्द्रका दलाल नेताहरुले सत्ता र कुर्सी जोगाउन राष्ट्रघाती सम्झौता गर्दै देश बेचेको बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका कोशी संयोजक नवराज भट्टराई, धरान उपमहानगरका इन्चार्ज चट्टान राई, विद्यार्थी जिल्ला अध्यक्ष पुष्प न्यौपानेले सम्बोधन गरेका थिए ।

अखिल क्रान्तिकारीले शैक्षिक दलाली, भ्रष्टाचार, सीमा अतिक्रमण विरुद्ध देशभर अभियान संचालन गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]