Dabali News

राराको सौरार्इं

म कर्नालीको भईकन पनि रारा जान पाएको थिएनँ । रारा जाने धोको थियो, पुरा गरायो, आर्ट समिट ट्राभल एण्ड टुरिजम महाराजगञ्जले । अनि यसको चाँजो संवाद डवली अनामनगर र हिल साइड होटल कालिकोटले मिलाएको थियो । हिउँद लाग्न थाल्दैछ, हामी राराको यात्रामा छौ, त्यो पनि रारा पदमार्ग सरसफाई अभियान लिएर । हामी रारातिर लाग्यौं, गएको मंसिर १४ गते विहान ।
हामी जम्माजम्मी २६ जना भएछौ । कलंकी चोकबाट गाडी अगाडि बढेपछि यात्राको सम्पूर्ण जानकारी प्राप्त भयो । हामीले दिउँसोको खाना

नवलपरासीको दाउन्नेमा खायौं । पहिलो साँझको बास कोहलपुर कृष्ण होटलमा भयो । संयोगले त्यसै होटलमा प्रेस काउन्सिलका सदस्य खिला भण्डारी र इश्वरी ओझासँग भेट भयो ।

गजलकार देवकी निरौलाले हाम्रो यात्राको शुभ साइत गजल सुनाएर गर्नुभयो । हामीले दैलेखको पातले डाँडामा रहेको प्रेम होटलमा दिउँसोको खाना खायौं । यात्रा उत्तरतिरको थियो । साँधुरो बाटो, कर्नालीको तिर निकै छिचोलेपछि उकालियौं कालिकोटको मान्मतिर ।
माथि डाँडामा पुगेपछि होटल हिल साइड भेटियो । हिलसाइडका मालिक धमेन्द्र शाहीले पर्यटन प्रवद्र्धनमा आफ्नो प्रेरणा डा. दीपेन्द्र रोकायाले गराएको जानकारी गराए । यो जानकारी पाउँदा खुशी लाग्यो । हामीले त्यो साँझ नाचगान गरेर बितायौं । विगतका दिनहरुलाई सम्झना गर्ने हो भने कालिकोट ऐतिहासिक जिल्ला हो, यस जिल्लाका निशस्त्र महिलाहरुले प्रहरी अत्याचार बढेपछि प्रहरीका राइफल कब्जा गरेका थिए । वरिष्ठ पत्रकार प्रेम कैदीका अनुसार मान्म भनेको मनु बस्ती हो । नेपालको इतिहास प्रकाशनमा ल्याउने वास्तविक इतिहासकार योगी नरहरिनाथ पनि यसै जिल्लाको लालुमा जन्मेका रहेछन् । योगीकै गाउँले पत्रकार रमेश रावलसँग पनि भेट भयो ।

कालिकोटबाट जुम्लातिर लाग्दा पिली गाउँ हुँदै अगाडि जानपर्ने रहेछ । यसै ठाउँमा जनयुद्धको समयमा माओवादीले शाही सेनालाई कब्जामा लिएको थियो, त्यो समयमा म पूर्वी नेपालको भोजपुरमा थिएँ र उक्त समाचारलाई रेडियो जनगणतन्ब नेपाल पूर्वी प्रशारण सेवाबाट प्रशारण गरेको सम्झना ताजै भएर आयो । हामीले नाग्म बजार नपुग्दासम्म बाटो अलि अप्ठेरै लाग्गो । त्यहाँबाट अघि बढेपछि सिंजा दराको यात्रा रमणीय भयो । शिव र जालन्धरको अघिल्लो अक्षरबाट सिंजा नामाकरण भएको यसै क्षेत्रको सिजापति दरवार अझै भग्नावशेषको रुपमा रहेको छ । माथि विराट दरवार पनि त्यस्तै छ भन्ने सुनियो । उछिढुङ्गे रोकायावाडाले रोकायाहरुको इतिहास पढ्न आऊ भनीरहेजस्तो र पाण्डुगुफाले महाभारत कालको समझना गराइरहेको आभास भयो ।

विहान सुर्योदय हेर्न बाहिर निस्केका थियौं, घोडाहरु आए । मैले सेतो घोडा रोजेर चढेँ, सुर्योदय भयो । मन प्रफल्ल भयो । यदि स्वर्ग छ भने यहीँ हो भन्ने अनुभूति भयो । वा ! मेरो स्वर्गको टुक्रा अर्थात् रारा । मालचरीका बथान साइवेरिया र कैलाश मानसरोवरबाट आइसकेछन् । हामी उनीहरुसँगै तालको छालमा मनहरु तैराईरहेका थियौं ।

हाम्रो विहानको खाना गोठीज्युलामा भयो । त्यहाँबाट उकालो लागेपछि जब हामी भुलभुले सैनिक व्यारेकमा पुग्यौं, पाटन देखियो । मन त्यसै, त्यसै रमाउन थाल्यो । यो पाटन कटेपछि जंगलै जंगलको यात्रा भयो । नेपालको एक रुपैयाको नोटमा देखिने चित्र भएको चंखेली लेक देखियो । त्यसै लहरमा अलि पर हेर्दा छायानाथ देखियो । मन फुरुङ्ग भयो ।

हामी वरपर हेर्दै र विभिन्न अनुमान गर्दै ताल्चा विमानस्थल वल्तिरबाट उकालियौं, जब मिलीचौर आयो, गाडीबाट ओर्लियौं । हामी पुग्दा साँझ परिसकेकाले घोडा चढ्न पाएनौ । यहाँबाट स्थानीयवाशीले घोडचढी सेवा उपलबध गराउँछन् भन्ने सुचना पायौं । तर अचम्मको कुरा, व्हिल चियरमा बसेका अपांग खेलाडीहरुसँग भेट भयो । उनीहरुलाई पनि बास बस्ने स्थानसम्म पु¥याउन हामीले सघायौं । उनीहरुका कुरा सुन्दा हामी थप उत्साहित भयौंं ।

जब हामी डाँफे होटलमा पुग्यौं । होटलमा मान्छेको हुल थियो, आधा पालमा र आधा गेष्ट हाउसमा बाँडिएर बस्यौं । खानपान राम्रै भयो । राराताल किनारको चिसो सिरेटो निकै लामो यादगार बनाउने रहेछ । साँझपख ‘क्याम्प फायर’ मा बसेर रमाउनेहरुको रमाइलो पनि देखियो । हामी पनि त्यही हुलमा आफ्नै प्रकारले रमायौं । त्यो रात थकानले बित्यो ।

विहान सुर्योदय हेर्न बाहिर निस्केका थियौं, घोडाहरु आए । मैले सेतो घोडा रोजेर चढेँ, सुर्योदय भयो । मन प्रफल्ल भयो । यदि स्वर्ग छ भने यहीँ हो भन्ने अनुभूति भयो । वा ! मेरो स्वर्गको टुक्रा अर्थात् रारा । मालचरीका बथान साइवेरिया र कैलाश मानसरोवरबाट आइसकेछन् । हामी उनीहरुसँगै तालको छालमा मनहरु तैराईरहेका थियौं ।

हाम्रो निर्धारित कार्यक्रम शुरु भयो । कर्नाली प्रदेश सरकारका पर्यटनमन्त्री नन्दसिंह बुढाले रारा रमणीय पर्यटकीय गन्तव्य भएको र यसलाई सफा राख्ने अभियानको प्रशंसा गर्नुभयो । आर्ट समिट ट्राभल एण्ड टुरका मेनेजर डाइरेक्टर सोमबहादुर तामाङ, होटल हिल साइडका डाइरेक्टर धमेन्द्र शाही लगायतले राराबाट कर्नालीको पर्यटकीय क्षेत्र फोहरमुक्त बनाउन पर्नेमा जोड दिनुभयो । उहाँहरुको विचारमा रारा नेपालको सम्पति हो, यसले नेपाललाई विश्वमा चिनाउन सक्छ भन्ने थियो । रारा राष्ट्रिय निकुञ्जको प्रमुख लालबहादुर भण्डारीले राराको संरक्षणका सन्दर्भमा जानकारी दिनुभयो ।

त्यो दिनभर निकुञ्जका नेपाली सेना, वनका कर्मचारी र हामी अभियन्ताहरुले रारा तालको वरिवरि मात्र होइन माथि मिलीचौर र मुर्मा टपसम्मको फोहर उठायौं । ठाउँ ठाउँमा गरी ३२ वटा फोहर राख्ने डस्बीन राख्यौं । स्थानीय जनतालाई यसबारे जानकारी पनि गरायौं । राष्ट्रिय समाचार समितिका कृष्ण गौतम, नयाँ पत्रिकाका वीरेन्द्र वली, ब्रिज अनलाइनको निरज थापा र संवाद डवलीको यस पंक्तिकारले सामाजिक काम गर्दाको मजा बेग्लै हुने रहेछ भनेर लेख्न पायौं । अरु सहागीहरुको मन पनि प्रफुलित थियो । त्यो दिनभर सरसफाई अभियान चलेकाले साँझ ‘क्याम्प फायर’मा बसेर समीक्षा गर्यौं‍ । गजल वाचन तथा देउडा गीत गाउँदा दिनभरको थकान हजम गर्‍यौं ।
स्वर्ग कँही छ भने यो त्यही रारामा छ भन्ने बोध भएको थियो । स्वर्गमा सँधै कहाँ बस्न सकिन्थ्यो र ? हामी पुनः त्यही बाटोबाट फक्र्यौं, नयाँ अनुभव बटुलेर । कर्नालीको स्वर्णकालीन इतिहास, प्राकः देवपुरी हुम्लो, दुल्लु र काँक्रेविहार लगायत धरोहर तथा कर्नालीको भाषा, कला, संस्कृतिको पर्यटकीय सर्किट सम्झँदै…।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]