Dabali News

Ad

प्रधानमन्त्रीबाट जुम्लामा प्रदेशकै ठूलो अस्पतालको उद्घाटन हुने

२५ माघ

जुम्ला । जुम्लामा निर्मित प्रदेश नं. ६ कै ठूलो अस्पतालको उद्घाटन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्माण सम्पन्न गरेको उक्त शिक्षण अस्पतालको उद्घाटन यही माघ २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ ।

जानकारी दिइएअनुसार स्वास्थ्यमन्त्री र सचिवको उपस्थितिमा प्रधानमन्त्रीबाट उद्घाटन गरिनेछ । ‘अस्पतालको उद्घाटन प्रधानमन्त्रीबाट यही आउँदो आइतबार हुने कार्यक्रम तय भएको छ । सोही अनुसार तयारीमा लागेका छौं’ प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले अनलाइन डबलीलाई बताए ।

तीन सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण हालै मात्र सम्पन्न भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ । यसको शिलान्यास २०७२ असार १२ गते भएको थियो । अस्पताल निर्माणपछि जुम्ला मात्र नभई छिमेकी जिल्लावासीमा खुशी छाएको पाइएको छ ।

यस शिक्षण अस्पतालले विपन्न वर्ग र द्वन्द्वपीडित बिरामीहरूलाई निःशुल्क उपचार सेवलाई निरन्तरता दिने भएको छ । यहाँ प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा, आँखा र रेडियोलोजीलगायतको सेवा दिइरहेको छ भने एचए र स्टाफ नर्स अध्यापन गराइरहेको छ । साथै एमबीबीएस पठनपाठनको तयारी शुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै प्रदेशकै ठूलो अस्पतालमा सेवाल कर्णाली स्वास्थ्य पर्यटनको उद्देश्य पूर्ति गर्न समेत मद्दत पुर्याउने विश्वास स्थानीयहरूले लिएका छन् । पर्यवरणको दृष्टिले समेत यो अस्पताल उपयुक्त स्थलमा बनेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]