Dabali News

जानकी मन्दिरको विशेष नोटमा मुख्यमन्त्री योगीले लेखे-‘आदर्श र मूल्य सार्वभौम छ’

२६ मंसिर

काठमाडौं । विवाहपञ्चमीका लागि जनकपुरधाम आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

उनले विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाउँदा आफूलाई धन्य मानेका छन् ।
पूजापछि जानकी मन्दिरको विशेष नोटमा मुख्यमन्त्री योगीले ‘भगवान श्रीराम र माता सीताको जीवन दुवै देशका धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको’ उल्लेख गरेका छन् ।

‘सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम छ । यसले हामीलाई प्रेरणा प्रदान गरिरहनेछ ।’ नोटमा उल्लेख छ ।

बिहान जन्तीसहित भारतको अयोध्याबाट आएका मुख्यमन्त्री योगीले मन्दिरमा पूजा गरेका हुन् । पूजापछि प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवा भोजमासामेल भएका थिए ।

जनकपुरको मधेश भवनमा भोज आयोजना गरिएको छ । त्यस्तै मुख्यमन्त्री योगीलाई मधेस भवनमा अभिनन्दन गरिएको छ । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अभिनन्दन पत्र प्रदान गरे ।

मुख्यमन्त्री योगी विवाहपञ्चमीमा सहभागी हुन जनकपुर पुगेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]