Dabali News

सर्वोच्चको अादेश अापत्तिजनक छ, सुमार्गीको ‘कालो धन’ राष्ट्रियकरण गर्नुपर्छः रणवीर

२४ माघ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले विवादित व्यवसायी अजय सुमार्गीले विदेशबाट भित्र्याउन लागेको ‘कालो धन’ लाई नरोक्न भन्दै दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

अनलाइन डबलीसँग कुरा गर्दै रणवीरले सर्वोच्चको आदेशप्रति पार्टीको ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले सर्वोच्चको आदेशमा आउने उक्त रकमलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । “कालोधन ल्याउन नरोक्नु भन्दै अाएको सर्वोच्चको अन्तरिम आदेशप्रति हाम्रो गम्भीर आपत्ति छ । विना छानविन कालो धन भित्र्याउन आदेश दिएर सेतो धन बनाउनु अर्को अपराध हो” रणवीरले भने ।

सुमार्गीले भित्र्याउन लागेको कालो धनले राष्ट्रिय पुँजीपति वर्गलाई निरुत्साहित पार्दै व्यवसायबाट पलायन गराउने बताउँदै नेता रणवीरले उक्त रकम लगानी गर्न रोक लगाएर राष्ट्रियकरण गरिनुपर्ने बताए । उनले आफ्नो पार्टीले भ्रष्टाचारबाट जम्मा गरेको सम्पति र सेतो बनाइएको कालो धनलाई राष्ट्रियकरण गर्न माग गरेको बताए ।

कुराकानीको क्रममा रणवीरले अगाडि भने, “यसरी पहुँचका आधारमा भित्र्याइने कालो धनले राष्ट्रिय पुँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पुँजीपति वर्गलाई व्यवसायबाट पलायन गराउने भएको कारण यस्तो लगानीलाई तत्काल रोक्नुपर्छ ।” भ्रष्टाचार, पहुँचका आधारमा भित्र्याएर सेतो बनाइएको कालो धनलाई राष्ट्रियकरण गरिनुपर्ने रणवीरको भनाई छ । उनले सरकारले नगरे आफ्नो पार्टी कदम चाल्न बाध्य हुने चेतावनी समेत दिए ।

एनसेलबारे विवादित आदेश दिएको केही हप्तामै सर्वोच्चले मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले ल्याउन लागेको विदेशी रकम नरोक्न आदेश दिएको हो । आदेशमा सुमार्गीले नेपाल स्याटलाइट कम्पनीको नाममा ल्याएको र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको दुई अर्ब १४ करोड रुपैयाँ नरोक्न भनिएको छ । सर्वोच्च उक्त आदेश नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।

प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीलाई बोलाएर सुमार्गीको रकम ल्याउनेबारे प्रक्रिया पूरा गर्न निर्देशन दिएका थिए ।

सुमार्गी र उनी संलग्न कम्पनीहरुले कर ‘फ्री’ भएका विभिन्न मुलुकबाट अर्बौं कालो धन भित्र्याएपछि तत्कालीन गभर्नर डा. युवराज खतिवडाको निर्देशनमा राष्ट्र बैंकले दुई अर्ब बढी रकम रोकिदिएको थियो । जुन रकम अहिले पनि विभिन्न बैंकमा थन्किएको छ ।
रोक्का रकम फुकुवाको माग गर्दै गत आइतबार सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको थियो ।

भ्रष्टाचार सम्बन्धि मुद्दामा अख्तियारको छानविनको बेवास्ता गर्दै फरार रहेका निलम्बित अान्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामाणी शर्माको घरमा मंगलबार नेकपाले कालोझण्डा गाडेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]