Dabali News

निकासी कर असुलीमा ठेकेदारहरुको मनोमानी

२३ माघ

कैलाली । कर असुलीमा ठेकेदार कम्पनीले मनोमानी ढंगले रकम असुली गरेका छन् ।

जिल्ला समन्वय समिति कैलालीले आर्थिक वर्ष २०७४ र ०७५ का लागि स्वीकृत गरेको निकासी करका लागि गरुड कन्सट्रक्सनले १ करोड २० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेको छ ।

जिल्लाभित्र उत्पादन भै अरु जिल्लामा निकासी गरिने बस्तुलाई बेजिल्ला निकासी भन्ने गरिन्छ । त्यसका लागि जिल्ला समन्वय समितिले बस्तु अनुसार रकम निर्धारण गर्दछ ।

ठेकेदार कम्पनीले प्रतिट्रिपर भ्याटसहित ५ सय ६५ पर्ने बस्तुलाई भ्याट रकम उल्लेख नगरिकनै ७ सय रुपैयाँ र २ सय ५० रुपैयाँ पर्ने ट्याक्टरबाट ४ सय रुपैयाँको रसिद कटाएको बताइएको छ ।

तर जिल्ला समन्वय समिति भने अहिलेसम्म ठेकेदारहरुले मनोमानी रुपमा कर असुलेको थाहा नपाएको भन्दै अब अनुगमन गरी गलत भेटिए कारवाही गरिने बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]