Dabali News

Ad

धुर्मस-सुन्तली फाउन्डेसनको चौथो परियोजना अन्र्तगतको बस्ती समुदायलाई हस्तान्तरण

२३ माघ

काठमाडौँ । रौतहटको सन्तपुरमा एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ ।

धुर्मस-सुन्तली फाउन्डेसनको यो चौथो परियोजना अन्र्तगत निर्माण भएको बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमकाबीच समितिका अध्यक्ष सत्यनारायण मण्डललाई साँचो हस्तान्तरण गरेकी हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका-८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प-प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर हस्तान्तरण गरिएकोे हो ।

असोज ४ गते शिलान्यास गरिएको बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण भएको छ ।

गत साउनमा आएको बाढीले दलित परिवारको घर डुवानमा परेपछि फाउन्डेसको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।

करिव ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण भएको बस्तीमा कलाकार धुर्मस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।

एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]