Dabali News

Ad

नेपाल टेलिकमले शुरु गर्यो ‘ब्यालेन्स सापटी’

२३ माघ

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई ब्यालेन्स सापटी दिन शुरु गर्ने भएको छ । आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा विभिन्न छुट योजना सार्वजनिक गर्दै सो नमस्ते क्रेडिट सेवा नामबाट ‘ब्यालेन्स सापटी’ दिन शुरु गरिने जनाएको हो ।

यसबाट अबका दिनमा टेलिकमका ग्राहकले फोनमा कुरा गर्दैगर्दा रकम (ब्यालेन्स) सकिएपनि ढुक्कासाथ कुराकानी गर्न सक्नेछन् । यसअघिसम्म कुरा गर्दागर्दै ब्यालेन्स सकेमा फोन आफैं कट्ने समस्या झेल्नुपर्ने र रिजार्च गरेपछि मात्र कुराकानी गर्नसकिने अवस्था थियो । अब उक्त समस्याबाट ग्राहक मुक्त भएको छ ।

ब्यालेन्स सकेपछि पनि भएको जतिपनि कुराकानीको अवधिको रकम भने रिचार्ज गर्दा काटिने गरी सिस्टम मिलाइएको नेपाल टेलिकमले जनाएको छ । ग्राहकलाई सुविधा दिने मुख्य उद्देश्यसाथ यो सेवा ल्याइएको टेलिकमले सोमबार भद्रकाली प्लाजास्थित आफ्नै भवनमा आयोजित वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । यो सेवा आगामी एक महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत कार्यक्रममा व्यक्त गरियो ।

त्यस्तै टेलिकमले माघ २३ देखि माघ २९ सम्म रु ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डमा १० प्रतिशत रू. ५०० र १ हजारको को रिचार्ज कार्डमा १५ प्रतिशत छुट दिने भएको छ । साथै माघ २५ देखि वैशाख २५ सम्म रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न प्याकेजहरू ल्याइएको छ । पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ ।

कम्पनीले जीएसएम सेवातर्फ २३ माघदेखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राति १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]