Dabali News

‘रातो टुनी टारी खेतमुनी’ बोलको लोकदोहोरी गीत सार्वाजनिक (भिडियोसहित)

२४ मंसिर

काठमाडौं । गोरखा चौतारी म्यूजिक प्रा.लि.को प्रस्तुतिमा राजनीतिकर्मी, संचारकर्मी तथा कलाकार भिमसेन खतिवडाको ‘रातो टुनी टारी खेतमुनी’ बोलको लोक दोहरी भिडियो गीत विमोचन भएको छ । सोमबार राजधानीको संवाद डबलीमा एक कार्यक्रम गरी विमोचन गरिएको हो ।

विमोचन समारोहका प्रमुख अतिथि चर्चित लोक गायक बद्री पंगेनीले गितको भिडियो अन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । मौलिकतालाई प्रथमिकता दिएको गीतमा भिमसेन खतिवडा र राधिका ढकालले स्वर दिएका छन् ।

भिमसेन खतिवडाकै शब्द संगित रहेको गीतमा किरण गौतमको थेगो रहेको छ । विष्णु तामाङ्गको एरेन्जर रहेको गीतमा दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पदान रहेको छ ।

त्यस्तै विणु शक्यको अभिनयमा कृष्ण दृष्य फिल्मस् एण्ड एडभरटाइर्जसले विक्री वितरण गरेको हो ।

गोरखा चौतारी म्यूजिक प्रा.लि.का प्रबन्ध निर्देशकको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अथिति हरि बल्व नेपाल रहेका थिए । माधव थापा, सुदर्शन अचार्य, विष्णु तामाङ्ग, उमा श्रेष्ठलगायतका कलाकारहरु तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।

भिडियो

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]