Dabali News

त्यसैले त टीकापुर विष्फोट हुन्छ । (कविता)

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ
रगत रातो अनि दुवैको तातो छ
तिमी छौ म जस्तो
म छु तिमी जस्तो
फेरी किन यति भिन्नता छ
म देखि तिम्रो मनमा खिन्नता छ
मलाई सधै कमैया कम्लहरी देख्छौ
म माथि सधै मनपरी गर्छौ
मेरो रगत पसिनामा घरबार गर्छौ
उल्टै म माथि दुव्र्यवहार गर्छौ
सिमा नाघी सबै अन्याय अत्याचार गर्छौ
तिमी जस्तै मलाई पनि बाँच्न मन छ
भनेर मैले भनिरहदा,
तिम्रो मनमा खोटैखोट हुन्छ
त्यसैले त टीकापुर विष्फोट हुन्छ ।

मलाई सधै मुसा खाने देख्छौ
जब की हामी दुवै मानव हौ ।

रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ
मलाई सधै अछुट देख्छौ
मान्छे मान्छे बिच फुट गर्छौ
मैले छुदा अपवित्र तिम्रो पानी हुन्छ
मेरो त अपवित्र पुरा जीन्दगानी हुन्छ
पश्चातापमा भिजेको मेरो सिरानी हुन्छ
तिमी जस्तै मलाई पनि बाच्न मन छ
भनेर मैले भनिरहदा
सहनशिलताको तिमीमा अभाव हुन्छ
केवल शब्दमा सिमित सामाजिक सद्धाव हुन्छ
म भन्दा तिमीलाई बिरालो प्यारो
जब की हामी दुवै मानव हौ
रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ
तिखो हलो जोत्ने मलाई जमिन सम्झिन्छौ
तिमी जस्तो अर्को उत्पादन गर्ने मशिन सम्झिन्छौ
न काटे त तिमी नि म जस्तो
काटे म नि तिमी जस्तो
फरक केवल एउटै अंग छ
बाँकी त उस्तै रुपरंग छ
म हिड्ने बाटोको सधै काडेतार बन्छौ
स्वतन्त्र मेरो जीवनको हकदार बन्छौ
तिमी जस्तै मलाई पनि बाँच्न मन छ
भनेर मैले भनिरहदा
तिम्रो मनमा खोटैखोट हुन्छ
त्यसैले त टीकापुर विष्फोट हुन्छ ।।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]