Dabali News

Ad

करोडौंले हेरेको, लाखौंले मन थाम्‍न नसकेको भिडियो, अामाको माया यतिधेरै हुन्छ 

सामाजिक संजाल फेसबुकमा एउटा भिडियो भाइरल बनेको छ । भिडियो कुन ठाउँको हो भन्‍ने जानकारी पाउन नसकिएपनि हेर्ने सबैलेका अाँखा रसाएका छन् ।

भिडियोमा बीच सडकमा बाँदर मरेको छ । सडक रगताम्य भएको छ । यो दृश्यले सवारी साधनले हानेको हुनुपर्छ । सँगै भरखर जन्मेको बच्चा बाँदर छ । उसको शरीरमा पनि रगतै रगत छ । सायद अामाले बोकेर हिडिरहेको बेला सवारी साधनले हानेको हुनुपर्छ । अामाको रगत हो वा उसलाई नै चोट लागेको हो छुटिएको छ ।

बच्चाले अामालाई उठाउन खोजिरहेको छ । कराउँछ, चिच्चाउँछ । अामालाई हातले उठाउन खोज्छ । घाउ सुमसुमाउँछ । तर विचरालाई के थाहा अामा मरिसकेको छ । बच्चा बाँदर कतिखेर अामाको शरीर माथि जान्छ तर कतिखेर काखमा बस्छ । त्यति गरेपनि नउठेपछि अलि पर गएजस्तो गर्छ, पहिले झैं पछि अाउछ कि भन्न‍े अाश हुनुपर्छ ।

बीच सडकबाट बाँदरलाई केही युवकहरुले पुच्छर समाएर झाँडीतिर घिसार्दै लिन्छन्, बच्चा कराउँदै अामाको अंगालो छोड्दैन । न उसको भाषा बुझ्ने कोही छ न साथ नै ।

यो भिडियो करोडौले हेरेका छन् भने लखौंले शेयर गरेका छन् ।

https://www.facebook.com/onlinedabali/videos/1678325335560045/

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]