Dabali News

एक हप्ताभित्र कपिलवस्तुका ऊखु किसानले अनुदान रकम पाउने

२२ मंसिर 

कपिलवस्तु । सरकारले प्रोत्साहन स्वारूप ऊखु कृषकलाई २५ रूपैयाँ प्रति क्विन्टल दिने भएकाे छ । किसानहरुको पटकपटकको अान्दोलनले सो रकम एक हप्ताभित्र उपलब्ध गराउन मंसिर २१ गते गृहमन्त्रालयले अर्थलाई पत्र पठाइसकेको छ ।

कपिलवस्तु किसान संघले गर्दै अएकाे चरणवद्ध अन्दाेलनमा कृषि मन्त्रलय, अर्थ मन्त्रलयले अश्वासन मात्र दिँदै अएकाे कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चाैधरीले बताएका छन् ।

किसानहरुले गत साउन २९ गतेदेखि भाद्र १ गतेसम्मा अनसन बस्दा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख अर्जुन पाेख्रेलले किसानहरूकाे माग सम्बन्धित निकायसम्मा पर्याएर अावश्वासन दिएका थिए । योसँगै अनसन तोडिएको थियो । सरकारले कपिलवस्तु जिल्ला बाहेकका जिल्लाका किसानलाई सो रकम दियो । पुनः कार्तिक २८ गते संघका अध्यक्षले जिल्ला प्रशासनमार्फत गृहमन्त्रलयलाई किसानले पाउनु पर्ने रकम नपाएकाे भन्दै ज्ञापनपत्र पठाएका थिए ।

कपिलवस्तुका किसानले मंसिर १८ गतेसम्मा रकम नपाएपछि १९ गतेदेखि फेरि अन्सन बस्ने चेतावनी दिएका थिए । १९ गते नै कपिलवस्तु किसान संघ इलका प्रशासन कार्यालय चन्द्राैटा अगाडि अनसन बसेका थिए । अन्सन बसेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख अर्जुन पाेख्रेल र किसानबीच ३ दिनभित्र रकम उपलब्ध गराउने सहमति भएसँगै किसानलाई अनसन तोडाएका थिए । सोहीअनुसार मंसिर २१ गते गृह मन्त्रलयले अर्थ मन्त्रलयलाई कपिलवस्तुका किसानहरूकाे रकम एक हप्ताभित्र उपलब्ध गराउने पत्र पठाएको छ । योसँगै किसानमा नयाँ अाशा पलाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]