Dabali News

केशर पहाडीलाई ‘मुर्दावाद’ पत्र

(केशर पाहाडीलाई लेखिएको यो पत्र जनादेश साप्ताहिकले ३ पौष २०६९ प्रकाशित भएको थियो । अव त पाहाडी पनि अलप, ८० हजारसम्म छापिईने जनादेश पनि हरायो । जनादेशका एक संपादक कृष्ण सेन त मारिए,अरु संपादक, लेखक, स्तभ्भकार र इस्क्रा बनाउने टिम कता हरायो होला ! ती अहिले केकस्ता शब्द लेख्दा हुँन् ! कि कलम भाँचे कोनी ! अथवा ब्यहारवादी बने ? ६वर्ष पहिलाको पत्रले अहिले पनि रन्थानाउँदै छ)

केशर, तिमीले यो पत्रलाई सहजरुपमा लिन सक्दैनौं भन्ने बुझ्दा–बुझ्दै पनि लेखिरहेको छु । जीवनको अत्यन्तै ऊर्जामय कालखण्डमा तिमी–हामी सहयात्री थियौँ । फोनमै भनेको कुरा बिर्सिएका छैनौ होला । अहिले तिमी …..को कोलो खाँदै रमाईरहेका छौं । उत्तेजीत पार्ने मेरो प्रयासले काम गरेन । चकित भएँ तिम्रो यो सहनशीलतामा । ओ हो …. कस्तो दुःखको कुरा । कोलोमा रमाउने मेरो पूर्वसाथी । अहिले मलाई भने वैराग्य चलेको छ । आफैलाई छल्ने युक्तिबुद्धी खोज्दैजाँदा निन्दापथ अँगालेर त्यसै विषयमा विषयमा पिएचडी पनि गर्दै छु । यो पथले मलाई कहाँ पुर्याउला ! स्वयम् मलाई के गराउला ! अहिले नै भन्न त सक्दिन । थाहा छैन् । तर, आत्मसन्तुष्टि भने दिएको नै छ । आत्मसन्तुष्टिका लागि मान्छेले केके गर्दै न र ! अब मेरो कर्म र धर्म भनेकै तिम्रो उछित्तो खन्नु मात्रै हैन् तिम्रो विरुद्ध जेजस्तो गर्नु परेपनि मैले जोखिम उठाउनै पर्छ । अब म भने फर्कनै नसक्ने सोँच, मान्यता र भूमिकामा पुगि सकेँ … केशर । मान्छे आफै सन्तुष्टि हुँने अनेकौं उपाए खोज्छ, रोज्छ । लागिपर्छ पनि । विश्वासले नै त मान्छे सक्रिय हुन्छ, लतारिन्छ, घिसारिन्छ । म पनि अहिले आम नेपाली चलन अनुसार नै मनपर्दा नायक र मन नपर्दा राक्षस सोच्ने निन्दारसे संस्कृति मै रमेको छु । झुमेको लठ्एिकै छु । मदहोस् भएको छु । अर्काको उछित्तो खनेर आउने मजा भनेको भिन्नै स्वाद हुन्छ । के तिमीले त्यो पाएका छौं ? घृणाको ऊर्जा त भन्नै पर्दैन् बिजुलीपानी भन्दा नी कडा ।

यस पत्रलाई सुकर्म भन् या कुकर्म …जे भन….भन । मैले यो केही नयाँ–नौलो गरेको भने पटक्कै हैन् । ‘जनवादी’ संस्कृतिको निरन्तरता र पुर्खाको सुकर्म धानेको मात्र हुँ । अहिले पालो मात्र तिम्रो हो । अब तिमीले केही नाप्दैनौं । मेरो ठम्याईमा गोली नभएको बन्दुक र तिर कमानबाट छुटेको धनु न हौं तिमी । ठण्टी गाई न त ब्याउन सक्ने न त हाडमासु नै काम लाग्ने । म पनि अहिले गाली कुर्लेर निन्दारस ओकाल्दा हड्डी पनि मुस्कुराउने मान्छे भइसकेको छु । तिमीलाई उल्लयाउन, होच्याउन, चिढाउन मात्र नभई आफनै आत्मसन्तुष्टि बनाउन पनि यो बाटो रोजेको हुँ । यसैले मलाई दिनमा चैन दिन्छ । राती मस्त निन्द्रा लाग्छ । बाँकी लोक र पछुवाहरुले यसैलाई आर्दशवादी सोचाउन म सफल हौंला । नत्र मलाई पनि उल्याउने छन् । तँ को होस् ? भने प्रश्न तेर्सिने छ । हेर्नेहरुलाई औकात देखाउन पनि निन्दापथ अगाल्नु पर्छ । भलै परिणामलाई किन कुर्नु नपरोस् । नत्र अहिले जुन गाली तिमीलाई बक्छु त्यो मलाई पनि लाग्न सक्छ् । सुरक्षाको पहिलो उम्दा उपाय अचुक अश्त्र भनेकै पहिलो प्रहार हो । निन्दारसमै अब म पिएचडी गर्छु । आफ्नै नाम अगाडि डाक्टर लेख्छु । तर्क कोरल्छु । आर्दश खोक्छु । फलाक्छु । सुन्दर सपनाको आर्दश बोली सुगाभन्दा नी छिटो टिपेर मधुरवाणीमा भट्याउछु । मलाई राम्रै चिन्ने मभन्दा अर्को कोही छैन् । मेरा साँेच, सपना, प्रतिबद्धता सबै कुरा मेरो मलाई थाहा छ । मेरो आसक्ति, पारिवार मोह, विलास मोह, द्रब्यमोह, छाउराछाउरी मोह, आशक्ति र सयन कक्षका कुराहरु । छायाँभन्दा पनि ज्यादा, शासभन्दा नी नजिकिएर थाहा छ । म डराउने, छक्याउन नसक्ने र मबाट टाढा नरहने भनेकै त्यही म नै मात्र हुँ । त्यसैले निन्दारसमा चास्नी लगाएर छलिन्छु । अब यही बाटो ……मेरो मुल बाटो । आफैलाई सन्तुष्ट पारेर, चित्त बुझाएर सक्रिय बनाईरहँने चलन हो, निन्दारसेहरुको । मेरो मुलबाटो यही हो ….सपनाको लुटेरा र हत्यारा ….केशर ।

मेरा असफलता, तुहिएका सपना, भोगिएका पीडा, पूरा नभएका मनोकामना, गर्न नसकिएका आर्दशकर्म, गरिएका प्रतिबद्धताबाट पलायन हुँने यो मेरो छिर्के दाउ भन्न सकौला पनि … तर हैन् । यदी तिमी नभएको भए, म सपना देख्दैनथँे । जीवन शुखसयलमा बित्थ्यो । सुखी हुँने यो लोकमा धेरै उपाए छन् । त्यसैलाई अगाल्थे । बच्चा कोरल्थेँ, तोँद फूलाउथेँ । अन्य कुरा भड््खारामा परोस् । सोच्ने काम पटक्कै गर्दैनथेँ । अर्कै बाटो समात्थे । त्यही जीवनको मुलबाटो हुन्थ्यो । बन्थ्यो । ठूले कहलिन्थे । इतिहासको पोथ्रीमा आउँदो युगले मेरो किर्ती एस गाउँथ्यो । मेरो ठूले बन्ने र आर्दशवादी देखिने सपनामा पैरो गयो । ति सबैको मूलजड भनेकै तिमी नै हौ ।

तिमी मरिदिएको भए वा मारिएको भए अथवा ठहरै भएर आजै हरियो बाँसा बाँधेर टूँउ…उँ पार्दै घाट पुर्याउन पाएको भए मेरा समग्र चाहाना पूरा हुन्थे । भलै शंख म नै बजाउथे । जतिसुकै गाली गरे पनि मलामी गएर कुटनीतिक मर्यादा पूरा गर्दथे । तिम्रा परिवारलाई समवेदना दिन्थे । परलोकमा तिम्रो आत्माले शान्ति पाओस् भनेर बढेमाको विज्ञापन छपाउँथे । तिमी मर्नु र मारिनु पथ्र्यो । अवस्य पर्दथ्यो । तिम्रो ठाउँ अर्काले लिन्थ्यो । सबै झमेला र समस्याको उस्ले छुमन्तर गरिदिन्थ्यो । म बाँचेको थलो स्वर्ग नै हुन्थ्यो । तब ममा कुनै अभाव हुँदैनथ्यो । घ्यू–महको पोखरीमा पौडिन्थे । मधुवनमा चार्हाथे । हुर्र, परी र अप्सराहरुसँग रासलिलामा रगिंन्थे । म मात्रै हैन् मजस्तै सबैको भाग्य सप्रिन्थ्यो । तिमी बाँचेर र सकृय नै रै रहँदा ति सबै भड्खारामा परे । तुहिए । चार दशकदेखि नै मुर्ख बनाएर, लठ्याउदै विवेकलाई कैद गरेर, सोच्नै नसक्ने मुर्ख बनाएर पछुवा बनाएर डोर्‍याईरहेको अहिले पो पत्तो पाएँ । मलाई कलो खाने कुत्ता पो बनाएका रहेछौं । म पनि कत्रो हुस्सु…. । चेतै तिमीमै बन्धकी राख्ने । ओ …हो कत्रो दःखको कुरा ४५ वर्ष त मेरो सोचलाई बल्छी खेल्ने तिमीलाई कसरी माफ गर्न सकौला ? मेरो उदारता र मालिक बन्न दिने मेरो हुस्सुपना सम्झँदा एक्लै धुरुधुरु रुन्छु । अब मैले कसरी के भनेर लोकलाई चित्त बुझाउने । गाली फलाक्दै आफैलाई त चित्त बुझाउँला बाँकी तिन–तिन लोक, चौध भुवनका मनुवाहरु पनि त छन्– मलाई नियाल्ने, गिल्याउने र इतिहासलाई मिहीन पाराले पढने । आफैनै हुस्सुपना … भो अब म सम्झन्न त्यस्ता कुरा ।….त्यसैले म भन्छु….. हिजाका मेरा पृय कमरेड केशर पहाडी …आज मुर्दावाद, ‘मुर्दावाद’ ।

हाम्रा चारदशक लामा सहयात्राको मुल्यांकन गर्न सकौला भनेर मात्र लेखेको हुँ । हुँन त तिमी यो किन सम्झन्थ्यौ र ? भ्रम चुलियो । बाटो फेरियो । निन्दारसमा पिएचडी त्यसै गर्न थालेको हैन । हामीलाई यहाँसम्म ल्याएर बिजोग पार्ने तिमी मात्र एक्लो मान्छे हौं । तिमीले दरखास्त माग्यौं, म र हामीहरु विवेक बन्धकी राखेर तिम्रा पछाडि लुरुलुर कुत्ता झैं लाग्यौं । तिमीले कतिलाई लठ्याएर, कतिलाई मोहनी लगाएर, कतिलाई विज्ञापन खोलेर, कतिलाई कर्मको सोँचको क्षतिपूर्ति दिन्छु भनेर, कतिलाई तलबी पछुवा बनायौं । के गरेनौं तिमीले ! तिमी बाहेक हामी सबै हुस्सु रहेछौँ । अहिले बुझेको छु । त्यो सबै हिसाबकिताब राखेको छु । म र हामी हुस्सु बन्यौँ । हुस्सुपना बन्दैनौं भनेर सामुहिक मोक्षमहायज्ञमा अब लागेका छौँ । हाँसो र रुवाई, खुशी र अत्यन्तै कठिन क्षणहरुमा जीवन भोग्दा जेजस्ता मोडबाट हामी बढौँ त्यो तिमी–हामीलाईभन्दा अरुलाई थाहै छैन् । भावना र विचार कहिले कुन हावी भयो, कुनै बेला कुनै । तब पनि तिमी–हामीसँगै रहयौं । बिलनताको सिद्धान्त गढ्यौं । नायकको महानायक पनि सिद्धान्त बनाउँदा दस्तखत मेले नै पहलिो ठेसेँ । गीत गाएँ । कविता रची । ज्व… च्व… मेरो हुस्सुपना । लोक मलाई माफ देउ ! मेरो र हाम्रो हुस्सु पनामा । तिमी पृथक हौला भन्ने अनुमान मैले लगाउनु हुँदैन्थ्यो । मेरो हुस्सुपनाको म अब आम आत्मआलोचना गर्छु । चिहानमा पुरिएका र संस्लेषित गरिएका प्रसंग पनि नयाँ औचित्य सावित गर्न चिहान खँनिदो रहेछ इतिहासमा ।

‘मुर्दावाद’ भन्न पनि त तर्क चाहियो । तर्कलाई पुष्टि गर्ने तथ्यमा खेलिनु पर्यो‍ । अब म निन्दारसको घैला भर्न पिएचडी अनुसन्धानको विषय बनाउँदै छु – कसरी तिमी जन्मनु नै भूल र षड्यन्त्र थियो । तिम्रो जिन र कोख नै अपराधी हो । तिम्रो जन्मथलो नै नर्ककुण्ड । बाल्यपनामा नै कसरी तिमी विधर्मी भईसकेका थियौँ र गरेउ भनेर मेरो अनुसन्धान कृतिमा हेर्न पाउने छौं । तिमीले मदहोस् पारेका क्षण उल्लेख गर्ने छु । हुस्सु बनाएको क्षण त अझ मेरो चुरोकुरो हुँनेछ । यो थेसिस प्रकासन पूर्व नै तिमीलाई हरियो बाँसमा कसेर टुँ… पार्दै शंख फुक्न पाए, बुर्की छर्न पाए आफूलाई धन्य मान्थे । आफनो जीवन सफल भएको सोचेर मस्त निदाउन सक्थेँ । तर,…… केशर (एउटा खुसुक्कका कुरा सुटुक्कमा लोकले पत्तै नपाँउने गरेर बताइदेउन ….केशर,…. मैले र हामीहरुले यति उत्तेजित पार्दा पनि किन तिमी प्रतिकृया दिन्नौ हँ ? चुप रहन्छौं र व्यंग मुस्कुराएर घायल बनाउँछौं ! त्यसैले म र हामीहरु छक्क परेका छौँ । पराजित बन्दै असान्दर्भिक ठहरिँदा मेरो निन्दारस फिका भएको छ ।

त्यसैले फेरि औचित्य सावित गर्न केही उपद्रो गर्ने पर्ने भयो हामीले । नत्र पछुवालाई डोर्याउन हम्मेहम्मे पर्ने भयो । मेरो पिएचडी डिग्री पनि त्यसै धरापमा परेको छ । हाम्रो मोक्ष महायज्ञ पनि फिका पर्दो छ । हिजैको सम्बन्ध भनेर भएपनि सुटुक्क यो चाहीँ बताइदेउन । जुनदिन मैले फोनमा कलो खाएर घुक्ने भनेर सरापेको थिएँ, त्यही दिन तिमीलाई चुटेछन्, भकुरेछन् । संयोगले नै भएपनि राम्रै भएछ, ठिकै भएछ । दण्ड त दिएछन् नी ….कसैले । जो कसैले भएपनि । काम ठिकै गरे तर त्यसमा भने मेरो योजनानै भने हैन है । यो वाक्य भने भूलले छापिएको मात्र हो)
अन्तमा लोकको जानकारीको लागी मेरो मनको कुरा …….मुर्दावाद केशर पहाडी, मुर्दावाद मुर्दावाद

तिम्रो हिजाको

बुद्धिमान गाउँले

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]