Dabali News

१३ दिनदेखि बेपत्ता युवती मृत फेला

२२ मंसिर

काठमाडौं । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ ।

मंसिर ९ गतेदेखि बेपत्ता १७ वर्षिय मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी-३ का वडाध्यक्ष रणबहादुर आलेले बताए । मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् । त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् । शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]