Dabali News

बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता इनासले गर्ने

२१ माघ

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।

नेपाली कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गरिरहेको इनासको छैठौं युरोपेली सम्मेलनका अवसर पारेर युरोप स्तरीय प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता सन् २०१८ अप्रिल २१ र २२ गते लन्डनमा हुन लागेको इनास बेलायतले जनाएको छ ।

२१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोस्रो दिन महादेश स्तरीय नृत्य तथा तेस्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिने बताइएको छ ।

इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले बताएका छन् ।

दुवै विधाका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसँग २२ अप्रिलमा हुने नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नु पर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै इनास यूरोप नेपाली डान्सिङ स्टार २०१८ को उपाधि सहित ७ सय १ युरो, ट्रफी र प्रमाणपत्र पाउने छ ।

दोश्रो र तेश्रो हुने कलाकारलाई इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ र इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८ को विशेष उपाधि सहित ५सय १ यूरो र ३ सय ३ यूरो,ट्रफी र प्रमाणपत्र पाउने छन् ।

सहभागी सबै कलाकारलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]