Dabali News

निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रदीपको बयनः उखुबारीमा लगेर…

२२ मंसिर

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको भनिएका प्रदीप रावलको प्रारम्भिक बयन सार्वजनिक भएको छ । उनले आफूले निर्मलालाई बाटोमा साइकलक बनाइरहेको देखेको र कर गरेर खोलापारी लगेको बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई उदृत गर्दै सार्वजनिक भएको बयनमा रावलले आफूले निर्मलालाई पहिलेदेखि नै चिनेको बताएका छन् । सँगै लगिरहेको बेला साथी विशाल चौधरी पनि आएको बताएका छन् । नयाँ पत्रिकाका अनुसार महेन्द्रनगर–१८ भगतपुरका प्रदीप र विशाल आगुऔषध सेवन गर्थे ।

दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।

प्रहरीको सोधपुछको क्रममा प्रदीपले त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ ।

निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।

“दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “मोबाइलको विश्लेषणमा पनि घटनाका बेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो बनाएको हो ।”

दुवैजनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ । प्रदीपले यसअघि पनि आफन्त नै बलात्कार गरेको र सो घटना घरभित्रै गुपचुप राखिएको अनुसन्धानमा खुलेको छ । उनकै एक आफन्तले प्रहरीसँग प्रदीपको विगतबारे बताएका छन् । उनी चोरीका घटनामा विगतमा पनि पक्राउ परेका व्यक्ति हुन् ।

पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन् । विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो ।
डिएनए रिपोर्ट आउन केही दिन लाग्नेस् शंकास्पद प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षण प्रक्रिया अघि बढिसकेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ । डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जनाएको छ ।

प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । यसअघि नौजनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो । १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]