Dabali News

फागुनमा खुला राष्ट्रिय कविता महोत्सव हुने

२१ माघ

काठमाडौँ । खुला राष्ट्रिय कविता महोत्सव फागुन २६ गते गर्ने भएको छ ।

जनक्रान्तिका मुक्तियोद्धा रामप्रसाद राईको स्मृतिमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानले १०९ औँ जन्मजयन्तीका अवसरमा प्रतियोगिता गर्न लागेको हो ।

कवितामार्फत राईको व्यक्तित्व, योगदान र कीर्तिलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव तथा कविता महोत्सव संयोजन समितिका संयोजक शशी लुमुम्बूले बताए ।

राईकै विषयमा आधारित कविता हुनुपर्ने र बढीमा एक सय पचास शब्दका गद्य वा पद्य कविता बुझाउन सकिने बताइएको महोत्सवमा सहभागी कवितामध्येबाट उत्कृष्ट पाँच कवितालाई पुरस्कृत गरिने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]