Dabali News

नगरपालिकाद्वारा गाउँमै निःशुल्क आँखाको अपरेशन, महाराजगंजबासी खुशी

२१ मंसिर

कपिलवस्तु । जिल्लाको महाराजगंज नगरपालिका-१० मुजहानीकी ८५ बर्षीय बृद्ध सूर्यमती रैदासको आँखाले विगत ३ बर्षदेखि राम्रोसँग देखदैना थिइन् । तर, अहिले उनी स्पष्ट रुपले देख्ने भएकी छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाले हरदौनामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा आँखाको उपचार गरेपछि देख्ने भएको सुर्यमतीले बताइन् । खुशी हुँदै भनिन् ‘संसार अँध्यारो थियो, अहिले उज्यालो देखियो ।’ यस्तै महाराजगंज नगरपालिका वडा नं ८ सिगरहाका ६५ बर्षिय नसिम खानले गाउँमा आँखाको अपरेसन भएपछि खुुसी हुँदै नगरपालिकालाई धन्यावाद समेत दिए ।

आँखा कम देख्ने, मोतियाविन्द भएको, विरामीहरुको पहिचान गरी उनीहरुको गाउँमै निःशुल्क अपरेशन भएपछि नगरवासी खुसी भएका छन् । कपिलवस्तुको महाराजगंज नगरपालिकाले गाउँगाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि नगरवासी खुसी भएका छन् ।

हाराजगंज नगरपालिकाले सञ्चालन गरेको आँखा शिविरमा छन्द कालेबाबु नारायणी आँखा अस्पाताल बहादुरगंजको प्राविधिक सहयोग रहेको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । शुक्रबार सुरु भएको आँखा शिविर शनिबारसम्म चल्ने छ ।

पहिलो दिनमा शिविरमा ५ सय भन्दा बढीले निःशुल्क आँखा चेकजाच गराएको महाराजगंज नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत निरञ्जन पौडेलले जानकारी दिए । शिविरबाट पनि उपचार हुन नसकेको अाँखा बिरामीलाई थप उपचारको

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]