Dabali News

ओलीको प्रश्‍नः प्रचण्डका प्यादाले फेसबुकमा के लेखेका हुन् ?

२० माघ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् ।

प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या योजनाकार भएको उल्लेख गरेका थिए । प्रचण्डको सचिवालयबाटै त्यस्तो स्टाटस आएपछि एमाले नेताहरुलाई गम्भीर बनाएको छ । त्यसपनि पनि अध्यक्ष ओली त निकै गम्भीर भएको बताइएको छ ।

बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सचिवालका सदस्यमार्फत तिमिल्सिनाको स्टाटस आफैले शुक्रबार नै स्टाटस पढेका थिए । एमाले निकट दैनिक नेपालले उक्त स्टाटसबारे बनाइएको समाचार अध्यक्ष ओलीले पढेका थिए ।

“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयबाट चरित्रहत्या हुने आएको स्टाटसबारे अध्यक्षलाई जानकारी गराएका थियौँ । आफै हेर्ने चाँसो राखेपछि समाचार नै देखायौं । आफै पढेपछि गम्भीर हुनुभयो” बालकोट स्रोतले भन्यो । ओलीले सुरुमा प्रचण्डका प्यादाले के लेखेको भन्ने सुनेको छु भन्दै स्टाटसबारे चाँसो राखेका थिए ।

स्टाटसपछि एक पटक माओवादी केन्द्रका अध्यक्षसँग फोन नभए तर के विषयमा कुरा भएको थाहा नभएको स्रोतले बतायो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वादेश फर्केपछि ओली र प्रचण्डबीच एक पटक फोन वार्ता भएको बताएको छ ।

एमाले अध्यक्ष ओलीलाई भारतका भक्त भनेको विषयमा एमालेका नेताहरुले आपत्ति जनाएका छन् । विशेष गरी ओली पक्षीय नेताहरुले त प्रचण्डले आफूजस्तै राष्ट्रघाती देखेको आरोप लगाएका छन् ।

प्रचण्डका प्रेस संयोजकले यस्तो लेखेका थिए 

तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् ।  त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।

संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-

१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।

३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

यो हो मनहरीको स्टाटस 

तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भन्दै ओलीलाई कुकुरसँग तुलना गरेका छन् । प्रचण्ड सचिवालयबाटै यस्तो स्टाटस अाउनुलाई एमाले-माके एकता टाढा पुगेको अर्थमा हेरिएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डका प्रेस संयोजकले नै केपी ओली दिल्लीका भक्त र महाकाली बेच्‍ने मुख्य योजनाकार भनेपछि…

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]