
२० मंसिर
काठमाडौं । उच्च बिन्दुले घटेको शेयर बजार आज सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७ बिन्दुले घटेको हो ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ बिन्दुले घटेको छ । सामान्य अंकले बढेको बजार कारोवार रकममा भने वृद्धि भएको छ ।
कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर ३७ करोड ९ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज २ उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत ९.८१ र उत्पादन २.६२ बिन्दुले घटेको छ ।
यस्तै बैंकिङ २.५५, होटल ०.६५, विकास बैंक ३.३१, वित्त ०.७९, निर्जीवन बीमा ३५.५९, अन्य ०.८७, लघुवित्त ०.५४ र जीवन बीमा ४४.०७ बिन्दुले घटेको छ ।
सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
तर कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।