Dabali News

स्वास्थ्य कार्यालयको उद्घाटन

२० मंसिर

धनगढी । संघीय संरचना अनुसार स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ।

सरकारले साविकका देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीमा पहिलो स्वास्थ्य कार्यालय स्थापना गरेको हो।

कैलालीको धनगढीमा कैलाली र कञ्चनपुरलाई हेर्ने गरि स्थापना भएको स्वास्थ्य कार्यालयको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

मन्त्री सुवेदीले कार्यालयले आधारभुत स्वास्थ्य समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरे। उनले जनताले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको गुनासो नआउने गरि कार्यालयका कर्मचारीहरुलाइ काम गर्न आग्रह गरे।

नेकपाका प्रदेश प्रमुख सचेतक तारालामा तामाङले कर्मचारीलाई निस्वार्थ भावले सेवा दिन आग्रह गरे।मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कार्यालय स्थापनाले संघीयता कार्यान्वयनमा टेवा पुगेको बताए। उनले प्रदेश सरकारले काम द्रुत गतिमा अघि बढाउन कार्यालय स्थापना गरिरहेको बताए।

प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]