Dabali News

इङ्लिश प्रिमियर लिगमा वुल्भ्ससँग चेल्सी स्तब्ध

२० मंसिर

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २-१ ले स्तब्ध भएको छ ।

हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ । बुधबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहे पनि वुल्भ्सले दोस्रो हाफमा नतिजा उल्ट्यायो । ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

६३ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि वुल्भ्सले २-१ को अग्रता लियो । तर, त्यसपछि कुनै गोल नभएपछि वुल्भ्सले महत्वपूर्ण ३ अंक बटुल्यो । हारसँगै १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।

१५ खेलबाट १९ अंक जोडेको वुल्भ्स १२ औं स्थानमा उक्लिएको छ । राति नै भएका अन्य खेलमा एभर्टन र न्युक्यासल तथा फुलह्याम र लेस्टरले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]