Dabali News

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एक जना घाइते

२० मंसिर

काठमाडौं । भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति पौने १२ बजे बा ९३ प १४१९ नंं.को मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ का २३ वर्षिय कुमार श्रेष्ठ हुन् ।

उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति १२ः१५ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षिय राजकुमार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]