Dabali News

चिनियाँ शिक्षाका कानूनी तथा व्यवहारिक समस्या हल गर्नुपर्छः शिक्षामन्त्री पोखरेल

विद्यालय तहमै चीनिया भाषा अध्ययनको व्यवस्था गरेका छौं

२० मंसिर

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले नेपाल सरकारले विद्यालय तहमा नै चीनिया भाषा पढाउने नीति लिएको जानकारी गराएका छन् । उनले हालै राजधानीमा आयोजित चीनमा अध्ययन पूरा गरेका ँविशेषज्ञहरुको भेलामा सो जानकारी गराएका हुन् ।

विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले नेपाली विद्यार्थीहरुले चीनिया शिक्षा लिँदा विभन्न किसिमका कानूनी तथा व्यवहारिक समस्या झेल्नुपरेको र हल गर्न पहल समेत गरिरहेको बताउँदै भने, “मैले महामहिम राजदूतज्यूसमक्ष आज पुनः एकपटक सो कुरा दोहो¥याउन चाहान्छु ।”

मन्त्री पोखरेलले खास गरेर चिकित्सा तथा प्राविधिक संकायमा त्यस्तो समस्या देखिएकोले दुवै देशको सरोकारवाला पक्षले निकट भविष्यमा उक्त समस्या हल गर्ने विश्वास व्यक्त गरे । साथै आफू विद्यार्थी कालबाटै बाम राजनीतिमा सक्रिय रहँदै आएको र चीनिया कम्युनिष्ट संघर्षबाट प्रभावित भएको र अहिले चीनले नेपाललाई हरेक पक्षमा सहयोग गरेकोमा आभारी भएको पनि बताए ।

त्यस्तै, नेपालका लागि चीनिया राजदूत यू होङ्गले हाल चीनमा करिब ७ हजार नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेको र नेपाली विद्र्यीहरुको आफ्नो देशप्रतिको आकर्षणले सुखद अनुभूति भएको धारणा राखिन् । पछिल्लो समयमा नेपाल सरकारले चीनिया संस्कृति तथा शिक्षालाई प्रोत्साहन दिनुले दुई देशको सम्बन्ध अझ माथि उठेको आधार खडा भएको धारणा व्यक्त गरिन् ।

नेपालस्थित चीनियाँ राजदुतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदको संयुक्त आयोजनामा नेपाल–चीनको मैत्री सम्बन्ध स्थापना भएको ६३ वर्ष पुगेको तथा मित्रराष्ट्र चीनबाट विभिन्न विधामा पढाई सम्पन्न गरिसकेका सयौं विशेषज्ञहरुको भेलामा परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले प्रचिन कालदेखिको नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन आफूहरु सक्दो प्रयास गर्ने काममा लागेको धारणा व्यक्त गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]