Dabali News

प्रदेश नं.१ को योजना आयोगका पदाधिकारीहरुले लिए शपथ

२० मंसिर

काठमाडौं । प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश नं.१ को सरकारले केही समयअघि मानव अधिकारवादी नेता सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यमा पूर्ण लक्सम र मीना भण्डारीलाई नियुक्त गरेको थियो ।

मुख्यमन्त्री शेरधन राईबाट सपथ लिएसँगै उनीहरूले कार्यभार सम्हालेका छन् । आयोग ५ सदस्यीय रहनेछ । २ सदस्य चाँडै नियुक्त गरिने जनाइएको छ ।

प्रदेशको विकासका लागि योजना आयोग गठन गरीएको मुख्यमन्त्री राईले बताएका छन् । तिव्रगतिमा योजनावद्ध आधुनीक विकासलाई अघि वढाउने काम योजना आयोगले गर्ने उनको भनाई छ ।

शपथ ग्रहणपछि आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले अवसर र चुनौती एकै साथ आएको बताए । ‘बिना चुनौतीको अवसरले ठोस विकास हुन सक्दैन,’ उनले भने, ‘अबको हाम्रो ध्यान प्रदेश नं.१ लाई आत्मनिर्भर बनाउन केन्द्रित हुनेछ ।’

सरकारले बजेट दिने कर्मचारीले टेन्डर निकाल्ने र ठेकेदारले काम गरे जस्तो गर्ने मोडलको विकासले समृद्धिका सपना पूरा नहुने उपाध्यक्ष प्याकुरेलको भनाई छ ।

उनले भने,‘जबसम्म सचेत नागरिकको विकासमा सहभागिता हुँदैन, तबसम्म हामीले सोचेजस्तो विकास सम्भव छैन,’ ‘कर्मचारी छैनन्, त्यो छैन भन्ने बहाना मात्र हुन् सबै काम हामीले गर्नुपर्छ भन्ने भावना जागो भने ३ वर्षमा यो प्रदेश नुमना बन्न सक्छ ।’

अबको युग विकासको प्रतिस्पर्धाको भएकाले सबैको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको प्याकुरेलको भनाई छ । आयोगले प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने छ ।

यसैगरी आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा, प्राकृतिक स्रोत, मानवस्रोत व्यवस्थापन, सुशासनको रणनीति तथा योजना तयार पार्ने काम तोकिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]