Dabali News

Ad

प्रचण्डका प्रेस संयोजकले नै केपी ओली दिल्लीका भक्त र महाकाली बेच्‍ने मुख्य योजनाकार भनेपछि…

२० माघ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर अारोप लगाएका छन् । प्रचण्डका स्वकीय सचिव समेत रहेका तिमिल्सिनाले ओली भारतको भक्त भएको बताएका छन् ।

तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् ।  त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।

संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-

१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।

३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

प्रचण्डकै निवास बस्दै अाएका तिमिल्सिना दैनिक कार्यक्रममा सहभागी भएर प्रचण्डले बोलेका विषयमा संचारमाध्यमसँग समाचार उपलब्ध गराउँदै अाएका तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् । उनले ओलीलाई कुकुरसँग दाँजेका छन् ।

प्रचण्डका प्रेस संयोजक‍ले नै एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भन्दै कुकुरसँग दाँजेपछि एमाले नेताहरु सशंकित भएका छन् । यो कुरा तिमिल्सिनाको व्यक्तिगत नभएर प्रचण्डले लेख्‍न लगाएको एमाले नेताहरुले बताउँन थालेका छन् ।

एमाले-माके एकता र सरकार गठनबारे छलफल भइरहँदा प्रचण्ड सचिवालयबाटै ओलीलाई यति गम्भीर अारोप सार्वजनिक भएसँगै सामाजिक संजालमा विभिन्‍न प्रतिक्रिया अाइरहेका छन् । कतिपयले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]