Dabali News

नेकपामा विशेष बैठकको माग, एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको संलग्नताले पार्टीकै छवि धूमिल भएको निष्कर्ष

२० मंसिर

काठमाडौं । एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नताले पार्टीकै छवि धूमिल भएको निष्कर्ष निकाल्दै नेकपाले विशेष बैठकको माग गरेको छ ।

छलफल नगरी सरकार र प्रधानमन्त्री एकलौटी ढंगले अघि बढ्दा विवादमा परेको उल्लेख गर्दै पार्टीभित्र यो विषयमा विशेष समीक्षा हुनुपर्ने उनीहरुको भनाई छ ।

सम्मेलन गलत भएकाले आत्मआलोचना गरेर भए पनि पार्टी र सरकारमाथि लागेको दाग हटाउनुपर्ने उनीहरूको धारणा रहेको छ ।

‘सम्मेलनको विषयमा सुन्नेबित्तिकै हामीले पार्टीभित्र प्रश्न गरेका थियौं तर वास्ता गरिएन,’ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘जुन प्रकारको सम्मेलन भयो, त्यसले राष्ट्र, जनता र नेकपालाई राम्रो गरेको छैन, यो विषयमा पार्टीभित्र विशेष छलफल हुनुपर्छ ।’

उनले सम्मेलनमा प्रधानमन्त्रीको संलग्नता गलत भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गल्ती नदोर्होयाउने प्रतिबद्धता पार्टीको बैठकबाट गर्नुपर्ने बताए । उनले भने,‘नेकपाको सैद्धान्तिक मूल्य मान्यताविपरीत यस्ता गतिविधि सच्याउनुपर्छ ।’

पार्टीको नियमित बैठक, आन्तरिक छलफल नहुँदा यस्ता खालका विवादमा फस्ने अवस्था आएको नेताहरूको बुझाइ छ । सचिवालयको सानो टोकरीभित्र मात्र छलफल हुँदा कतिपय विषयको गहिराइ थाहा नहुने र यस्तै विवादमा पर्ने अवस्था आउने गरेको उनीहरूको भनाई छ ।

पार्टी बैठकबाट समीक्षा गरेर यो विषयमा धारणा बाहिर ल्याउनुपर्ने उनीहरुको माग रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]