Dabali News

अमेरिकासम्म मार हान्ने परमाणु हतियार बनाउँछौंः पुटिन

२० मंसिर

काठमाडौं । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले मध्यमदुरीको परमाणु हतियार बनाउने बताएका छन् । पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनको यो भनाई सार्वजनिक भएको हो ।

अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो ।

राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गरेका छन् । उनले अन्य केही देशले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौताविपरित हतियार उत्पादन गरिरहेको जिकिरसमेत गरे ।

राष्ट्रपति पुटिनले अमेरिकी साझेदारहरुमा परिस्थिति धेरै परिवर्तन भएकाले आफुहरुसँग पनि मध्यमदुरीको हतियार हुनुपर्ने ठान्न थालेको बताए ।

यसको सहज प्रतिक्रियास्वरुप रुसले पनि मध्यम दुरीको परमाणु हतियार बनाउने राष्ट्रपति पुटिनको भनाइ छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पुटिनले भनेको मध्यमदुरीको हतियारले  अमेरिका र युरोपका सबै देशसम्म सजिलै मार हान्न सकिने छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]