Dabali News

अमेरिकी दुई लडाकु विमान ठोक्किँए, ६ जना नौसैनिक कमाण्डर बेपत्ता

२० मंसिर

काठमाडौं । अमेरिकाका लडाकु विमान आपसमा ठोक्किएका छन् । त्यो पनि जापानमा । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्पस एयर स्टेशनमा सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् ।

बिहीबार भएको सो दुर्घटनामा परी ६ तालिम प्राप्त नौसैनिक बेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् ।

खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । एक जना सैनिकलाई घाइते अवस्थामा उद्दार गरिएको छ । भने बाँकीको खोजी कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनास्थल समुद्र नजिकै भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]