Dabali News

मलाई हिरासतमै मार्ने कोशिस गरिएको थियोः प्रकाण्ड

१९ मंसिर

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सरकारले आफूलाई हिरासतमै मार्ने कोशिस गरेको बताएका छन् । आफू जनताको लागि संघर्ष गरिरहेको तर सरकारले झुटा मुद्दा लगाएर आफूलाई जेल हालेको भन्दै प्रकाण्डले जनताको साथ र बलमा उक्त प्रयास असफल भएको बत बताए ।

बुधबार नेकपा कालिकोटले सदरमुकाम मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै आफू बरु बलिदान गर्न तयार रहेको तर दलाल सत्ताको अगाडि नझुक्ने बताए । जनताले परिवर्तनको लागि जनयुद्ध र जनआन्दोलनमा ठूलो बलिदान गरेको तर केही नेताहरुको कारण धोका पाएको भन्दै प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको सत्ता ल्याएर छोड्ने प्रतिवद्धता जाहेर गरे ।

प्रवक्ता प्रकाण्डले एक अर्को प्रसंगमा बोल्दै वर्तमान सरकार दलाल भएको भन्दै उसले दलाल, भ्रष्टाचारी, माफियाहरुको संरक्षण गरिरहेको बताए । उनले दलाल सत्ताले जनता र मध्यम वर्गलाई बैंकहरुले लुटेको बताए । सामन्त सुद्खोरको ठाउँमा बैंक र बैंकरहरु आएको भन्दै जनता ठगिरहेको प्रकाण्डले बताए । उनले बैंकहरुकै कारण राष्ट्रिय उद्योगपतिहरुको टाट पल्टाई भएर पलायनको अवस्थामा पुगेको बताउँदै प्रकाण्डले बैंकरहरु मध्यम वर्गको सम्पत्ति लुट्ने गिरोहमा परिणत भएको बताउँदै लुटधन्दा आफ्नो पार्टीले रोक्ने बताए ।

गत साउन २२ गते गिरफ्तार भएको प्रबक्ता प्रकाण्ड पहिलो पटक गृहजिल्ला कालिकोट पुगेका थिए । जिल्लामा प्रकाण्डको भव्य स्वागत गरिएको थियो । सहिद परिवारले ५० किलोको माला समेत लगाएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]