Dabali News

कर्मचारीहरु ३५ दिनभित्र हाजिर नभए सरकारले अवकाश दिने

१९ मंसिर

काठमाडौं । ३५ दिनभित्र खटाएको ठाउँमा हाजिर नभए कर्मचारीलाई सरकारले अवकाश दिन सक्ने भएको छ ।

अध्यादेश बमोजिम समायोजन भएका कर्मचारी बाटोको म्यादबाहेक ३५ दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको समायोजन भएको पदमा हाजिर नभए अवकाशको व्यवस्था गरिएको हो ।

जसअनुसार प्रसुति विदा, किरिया विदा, असाधारण अध्ययन विदा र विरामी विदा बसेको भए विदा सकिएको ३५ दिन र निलम्वनमा परेको भए फुकुवा भएको ३५ दिनभित्र हाजिर हुनैपर्ने व्यवस्था गरिएको छ ।

३५ दिनभित्र हाजिर नभए सरकारले सेवाबाट अवकाश दिनेछ । अवकाश दिनुअघि कानून बमोजिम स्पष्टीकरणको मौका दिइने छ । सरकारले अवकाश दिने बेलामा लोकसेवा आयोगसँग परामर्श लिनुपर्ने र अवकाश पाएको कर्मचारीले कानून बमोजिम आफुले पाउनुपर्ने सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ ।

समायोजन भएर जाने कर्मचारीलाई सम्वन्धित कार्यालयको प्रशासकीय अधिकृतले हाजिर गराउनुपर्ने छ । यदि प्रमुख जिम्मेवार अधिकारीले हाजिर नगराए उसलाई पनि कारवाही गरिने व्यवस्था छ ।

प्रदेश भित्रको स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तोकिए बमोजिम अवधी पुरा भएपछि सोही प्रदेशका अन्य कुनै स्थानीय तहमा समायोजन गर्न सकिनेछ व्यवस्था गरिएको छ ।

प्रदेशमा समायोजन भएर जाने कर्मचारीलाई अवधी पुरा भएपछि सम्वन्धित प्रदेश वा यस अन्र्तगतका कार्यालयमा गर्न सकिनेछ । अध्यादेश अनुसार संघ, प्रदेश र स्थानीय तहको कर्मचारीको सेवा, शर्त र सुविधा सम्वन्धि कानून नवनेसम्म समायोजन हुनुपुर्वकै सेवा सुविधा बमोजिम हुने भएको छ ।

प्रदेश र स्थानीय तहको सेवामा समायोजन भएका सरकारी सेवाका कर्मचारीलाई संघीय निजामति सेवा सम्वन्धि ऐनमा व्यवस्था भए बमोजिम संघीय निजामति सेवामा प्रतिस्पर्धा मार्फत वृत्ति विकासका लागि अवसर प्रदान गरिने व्यवस्था समेत अध्यादेशमा रहको छ ।

सरकारलाई प्राप्त हुने बैदेशिक तालिम, छात्रवृत्ती, अध्यन, तालिम सेमिनारमा समेत उनीहरुले संघीय कर्मचारी सरह सुविधा प्राप्त गर्ने छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]