Dabali News

निगमका महाप्रबन्धक कंसाकारको राजीनामाको माग

१९ मंसिर

काठमाडौं । सत्तारुढ दलका सांसदले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

आज (बुधबार) प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद भट्टराईले कंसाकारले राजीनामा नदिए बर्खास्त गर्न मन्त्री अधिकारी समक्ष आग्रह गरे ।

उनले वाइडबडी विमान खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै निगमका महाप्रबन्धक कंशाकारलाई बर्खास्त गनूपर्ने आवाज उठाउँदै आएका थिए ।

वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने माग गरिएको छ । उनले भने,‘आरोप लागेका र महालेखाले नै अनियमितता ठहर गरेका व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]