Dabali News

माओवादी केन्द्रले भन्यो- प्रधानमन्त्रीले धार्मिक पुरस्कार ग्रहण गर्नु संविधान विपरित

१९ मंसिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले एसिया प्यासिफिक समिटको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आचारसंहिता विपरित धार्मिक पुरस्कार ग्रहण गरेको बताएको छ । उसले विज्ञप्ति निकालेरै प्रधानमन्त्री र मन्त्री तथा नेताहरु नै धर्मको प्रचारमा लागेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ले बुधबार विज्ञप्ति जारी गरेर संविधानमा राज्यको लागि सबै धर्म समान हुने भनिएपनि प्रधानमन्त्री र मन्त्री नै धर्मको प्रचारमा लाग्नु बिडम्बना भएको बताए ।

“संविधान विपरित देशको कार्यकारी प्रधानमन्त्री, राजनैतिक दलका नेता कार्यकता, स्थानीय निकायका प्रतिनिधिहरु मूलतः धार्मिक उद्देश्यमा सञ्चालित कार्यक्रममा सहभागी भईरहँदा नेपाली जनतामा राम्रो सन्देश नगएको निश्चित छ । सरकार प्रमुख स्वयंले मन्त्री परिषदको आचारसंहिता विपरित धार्मिक संस्थाको पुरस्कार ग्रहण गर्नुले देश र सरकारको गरिमामा गम्भिर असर परेको छ” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी महासचिव सुशिलले हिन्दू राज्य पुनस्र्थापना, क्रिश्चियन वा फ्री तिब्बतको नाममा नेपालमा एनजिओ÷आइएनजिओ धर्मको प्रचार गरिरहेको बताउँदै त्यसको प्रभावमा प्रधानमन्त्री, मन्त्रीदेखि नेताहरु परेको बताए । उनले यसले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरासँगै जातीय सद्भाव विथोलिने र राष्ट्रियतामा नै आँच आउन भन्दै सचेत रहन सबैसँग आग्रह गरेका छन् ।

“बिडम्बना चाहे हिन्दु राज्य पुनस्र्थापनाको नाममा होस् चाहे क्रिश्चियन धर्मको नाममा होस्, चाहे फ्रि तिब्बतको नाममा नेपालमा एनजिओ आइएनजिओको नाममा प्रधानमन्त्री, मन्त्री र नेतालाई प्रभाव पारी धर्म प्रचार गरिरहेका छन् यसले १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु खोसिन सक्ने खतरा बढेको देखिन्छ । जातीय सद्भाव विथोल्ने, शान्ति खल्बल्याउने र राष्ट्रियतामा आँच आउने गतिविधिहरु प्रति नेकपा (माओवादी केन्द्र) घोर भत्र्सना गर्दछ साथै समाजवाद स्थापना र राष्ट्रियताको रक्षा गर्न सचेत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नागरिक समाज एकजुट हुन अनुरोध गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

एसिया प्यासिफिक समिट २०१८ काठमाडौंमा सम्पन्न भएको छ । राजनैतिक आवरणमा धार्मिक गतिविधिको लागि आयोजना भएको उक्त प्यासिफिक समिटले नेपाली जनतामा राम्रो प्रभाव नपरेको स्पष्ट नै छ । नेपाल लामो संघर्ष पश्चात धर्म निरपेक्षता भएको छ । धर्म निरपेक्षताको अर्थ सरकार, व्यक्ति वा संस्था जो सुकैलाई जबरजस्ती धर्मको प्रभाव बढाउने भन्ने होइन । धर्म निरपेक्षता सम्बन्धी माओवादी मान्यता धर्म मान्न पाउने तर धर्मको नाममा राजनीति गर्न नपाउने, एउटै धर्मलाई राज्यले संरक्षण गर्न नहुने, राज्यको अगाडी सबै धर्म समान हुने नीति हो ।

नेपालको संविधानले पनि यहि उल्लेख गरेको छ । संविधान विपरित देशको कार्यकारी प्रधानमन्त्री, राजनैतिक दलका नेता कार्यकता, स्थानीय निकायका प्रतिनिधिहरु मूलतः धार्मिक उद्देश्यमा सञ्चालित कार्यक्रममा सहभागी भईरहँदा नेपाली जनतामा राम्रो सन्देश नगएको निश्चित छ ।

सरकार प्रमुख स्वयंले मन्त्री परिषदको आचारसंहिता विपरित धार्मिक संस्थाको पुरस्कार ग्रहण गर्नुले देश र सरकारको गरिमामा गम्भिर असर परेको छ । आज बिडम्बना चाहे हिन्दु राज्य पुनस्र्थापनाको नाममा होस् चाहे क्रिश्चियन धर्मको नाममा होस्, चाहे फ्रि तिब्बतको नाममा नेपालमा एनजिओ आइएनजिओको नाममा प्रधानमन्त्री, मन्त्री र नेतालाई प्रभाव पारी धर्म प्रचार गरिरहेका छन् यसले १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु खोसिन सक्ने खतरा बढेको देखिन्छ । जातीय सद्भाव विथोल्ने, शान्ति खल्बल्याउने र राष्ट्रियतामा आँच आउने गतिविधिहरु प्रति नेकपा (माओवादी केन्द्र) घोर भत्र्सना गर्दछ साथै समाजवाद स्थापना र राष्ट्रियताको रक्षा गर्न सचेत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नागरिक समाज एकजुट हुन अनुरोध गर्दछौं ।

कर्णजीत बुढाथोकी (सुशिल)
महासचिव
मितिः  २०७५/८/१८

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]