Dabali News

सहिद स्मारक लिगमा आज ३ खेल हुँदै, पहिलो खेलमा मनाङ र जावलाखेल भिड्दै

१९ मंसिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) ३ खेलहरू हुँदै छन् ।

शीर्ष स्थानको मनाङ मर्स्याङदीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजेबाट शुरु भएको छ ।

जारी लिगमा अपराजित रहेको मनाङको ५ खेलबाट १५ अंक रहेको छ । आज जित हात पारे उसले तालिकामा ३ अंकको अग्रता लिनेछ ।

उच्च फर्ममा रहेको मनाङले लिगको अघिल्लो खेलमा सरस्वती युथ क्लबलाई २-० ले हराएको थियो । जावलाखेलले भने ५ खेलमा १ मा जित, १ मा बराबरी र ३ मा हार ब्यहोरेको छ ।

४ अंकका साथ तालिकाको ११ औं स्थानमा रहेको जावलाखेलले यसअघि ब्रिगेट ब्वाइजलाई १-० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको थियो ।

सोही मैदानमा दिउँसो २ः३० मा हुने खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्ने छन् । तालिकाको छैटौं स्थानमा रहेको शेर्पाको ५ खेलबाट १० अंक छ ।

लिगमा अपराजित रहेको यात्रामा पाँचौं खेलमा त्रिभुवन आर्मीले ब्रेक लगाइदिएको थियो । आर्मीसँग २-१ ले पराजित भएको शेर्पा च्यासल विरुद्धको खेलमार्फत पुन लयमा फर्कने लक्ष्यमा रहनेछ ।

च्यासल ४ अंकका साथ ९ औं स्थानमा रहेको छ । आजको खेलमा च्यासलका मुख्य स्ट्राइकर बिमल घर्तिमगर अनुपस्थित छन् । च्यासलसँगको सम्झौता रद्द गर्दै विमल आजै ट्रायलका लागि बेल्जियम जाँदै छन् ।

आजै सरस्वती युथ क्लब र थ्री स्टार आमने सामने हुँदैछन्। खेल सशस्त्र प्रहरी बलको खेल मैदानमा २ः३० मा हुनेछ । थ्री स्टारले अहिलेसम्म खेलेका ५ खेलमा १ मा हार ब्यहोरेको छ । थ्री स्टार १२ अंक जोड्दै लिगको चौंथो स्थानमा छ । ६ अंक जोडेको सरस्वती ८ औं स्थानमा छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]