Dabali News

अखिल क्रान्तिकारी सिटिईभिटीको सम्मेलनमा, शैक्षिक दलाल-माफियाविरुद्ध अभियान संचालन गर्ने

१९ मंसिर

काठमाडौँ । अखिल क्रान्तिकारी सिटिईभिटीको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति अन्तरगत उपत्यका विशेष जिल्ला समितिले सम्मेलनको तयारी गरेको हो ।

मंसिर २१ गते हुन लागेको सम्मेलनमा उपत्यकामा रहेका सिटिईभिटीसँग सम्बन्धन लिएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थी सहभागी हुनेछन् । उपत्यका विशेष जिल्ला समन्वय समितिका संयोजक प्रज्ज्वल शाहीका अनुसार सम्मेलनमा करिब एक हजार विद्यार्थी सहभागी हुनेछन् ।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको शाहीले अनलाइन डबलीलाई जानकारी दिए । “सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सबै प्रतिनिधि र पर्यवेक्षक छनोट भइसकेका छन्” शाहीले भने । सम्मेलनले दलालीकरण र माफियाकरविरुद्ध अभियानात्मक रुपमा संघर्षका कार्यक्रम ल्याउने शाहीले बताए ।

“प्राविधिक शिक्षालाई जनताको छोराछोरीले पढ्न नपाउने र केही मुठिभर हुनेखानेका छोराछोरीले मात्रै पढाउने षड्यन्त्र भइरहेका छन्, त्यसविरुद्ध पनि सम्मेलनले नयाँ निर्णय गर्नेछ” संयोजक शाहीले भने ।

प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्याउने भन्दै संघर्ष गरिरहेको अखिल क्रान्तिकारी र सिटिईभिटीबीच केही समय पहिले सम्बन्धन, छात्रवृत्ति बढाउनेलगायतका विषयमा सहमति भएको थियो ।

विगत लामो समयदेखि हुन नसकेको सम्मेलनले नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

  • फाइल फोटो
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]