Dabali News

दोस्रो जित हात पार्दै अस्ट्रेलिया हक्की विश्वकपको क्वाटरफाइनलमा प्रवेश

१९ मंसिर

काठमाडौं । साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ ।

हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३-० ले हरायो । लगातार दोस्रो जितसँगै अस्ट्रेलियाले क्वाटरफाईनलमा ठाउँ बनाएको हो ।

उसको ६ अंक छ भने दोस्रो स्थानको चीनको २ अंक मात्रै छ । हिजो भएको खेलमा चीनले आयरल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । यसअघि समुहको पहिलो खेलमा इङ्ल्यान्डसँग पनि चीनले बराबरी नै खेलेको थियो ।

हक्की विश्वकपमा आज पनि दुई खेल हुने छन् । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे जर्मनी र नेदरल्याण्ड्स भिड्दा सवा सात बजे पाकिस्तानले मलेसियासँग खेल्नेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]