Dabali News

ओली र प्रचण्डले चुकुल लगाएर सुष्मालाई भेटेपछि एमाले-माकेमा खैलाबैला, श्रेष्ठ र नेपाल सडकमा

१९ माघ

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता सकिएको छ । पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी स्वराजले अन्तिम भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेकी थिइन् ।

विहीबारको डिनर ओलीले खुवाएका थिए भने शुक्रबार विहानको ब्रेकफास्ट प्रचण्डले दिएका थिए । अनि दिवा भोज प्रधानमन्त्रीले बालुवाटारमै दिएका थिए । स्वराजले राष्ट्रिपति विद्यादेवी भण्डारी र मधेसी दलका नेताहरुसँग पनि भेटवार्ता गरेकी थिइन् ।

विदेशमन्त्री स्वराजको भ्रमण बेमौसममा भएको भन्दै कुटनीतिक क्षेत्रबाट विरोध सुरुमै भएका थिए । नयाँ सरकार बन्नै लाग्दा स्वराजको भ्रमणलाई रोक्ने प्रयास पनि भएको थियो ।

भ्रमणको क्रममा भारतले नयाँ बन्ने सरकारका प्रधानमन्त्रीको रुपमा हेरिएका ओली र सहयात्री प्रचण्डलाई महत्व दिएको संकेत स्वराजको भेटबाटै देखिएको छ । दुबै अध्यक्षले भेटवार्ता गोप्य रुपमा नै गरे । ओली र प्रचण्डले गोप्य रुपमा स्वराजलाई भेटेको भन्दै एमाले र माओवादी केन्द्रभित्रको विरोध सडकमा पुगेको छ ।

एमालेले दिएको भनिएको डिनरमा ओली पक्षीय नेताहरुमात्रै सहभागी थिए । माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूहले गोप्य वार्ताको विरोध गरेका छन् । अरु नेताहरुलाई सहभागी नगराएर गरिएको भेटप्रति शंका पैदा गरेको बताएका छन् । एमाले नेताहरुले गोप्य भेटले पार्टी एकतालाई प्रभावित पारेको आरोप लगाएका छन् ।

विहीबार नै बसेको पार्टी एकता संयोजन समितिको बैठकमा स्वराजको भ्रमणबारे ओलीले दिएका जवाफबाटै नेता नेपाल, खनाल चकित परेका थिए । ओलीले आफूले नै स्वराजलाई बोलाएको बताएका थिए ।

एमालेभित्र जस्तै माओवादी केन्द्रमा पनि स्वराजको भेटबारे विवाद भएको छ । अध्यक्ष प्रचण्डले गोप्य भेटेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वराजको नेपाल भ्रमणको समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको प्रतिक्रिया दिएका छन् ।
श्रेष्ठले सामाजिक संजालमार्फत स्वराजको भ्रमण र नेताहरुको गोप्य भेटको विरोध गरेका छन् ।

सुष्माको दोस्रो भेट प्रचण्डलाई, अन्तिम देउवालाई

सोल्टीमा सकियो ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि नाकाबन्दीलाई भुल्‍ने सहमति

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]